तामागढी-सिम्रौनगढ हुलाकी सडकको मुआब्जा पिडितहरुको आन्दोलनमा झडपको सृजना उत्पन्न भएकोछ ।
योजना सम्पन्न भएको चार वर्ष पुग्न लागि सक्दा पनि मुआब्जावापत्को रकम नपाएपछि तामागढी–सिम्रौनगढ हुलाकी सडक योजना प्रभावितका स्थानीयहरु बिहिवार देखि आन्दोलनरत छन् । सरकारले निर्धारण गरेको मुआब्जावापतको रकम पटकपटक माग गर्दा समेत नपाएपछि उनिहरुले दवावमूलक आन्दोलन गर्दै आएका छन् ।
सयौंको संख्यामा रहेका स्थानीय हुलाकी सडक हुँदै मुख्य राजमार्गमा प्रवेश गर्न सक्ने देखेपछि तामागढी क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले आन्दोलित स्थानीयलाई पूर्वपश्चिम राजमार्ग प्रवेश गर्न रोक लगाईरहेका छन् । शुक्रबार दिउँसो २ बजे तिर आन्दोलनकारीहरु हुलाकी सडक छोडेर पुर्व पश्चिम राजमार्ग बन्द गराउन खोजेपछि झडपको सृजना उत्पन भएको थियो । झडप हुने देखेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थितलाई तुरुन्त नियन्त्रणमा लिएको थियो ।
हाल मुअव्जा पिडितहरु बसेर शान्तिपूर्ण आन्दोलन गर्दै आएकाछन ।
आन्दोलनमा कोल्हवी नगरपालिका, सिम्रौनगढ नगरपालिका, आदर्श कोतवाल गाउँपालिका र बारागढी गाउँपालिकाका पीडित सहभागी छन्।