निजगढ नगरपालिका वडा नम्बर ७ स्थित रोहित वर्कशपमा हिजो दिउसो शंकास्पद बस्तु विष्फोट हुदा वर्कशप संचालक निजगढ नगरपालिका वडा नम्बर ७ का ४३ वर्षीय रेशम मगर अर्का एक भारतीय नागरिक राकेश जयसवालको ज्यान गएको छ ।
मगर र जयसवालको उपचारको क्रममा वीरगञ्जको बयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ । लेथ मेसिनबाट पलामको पाइप जस्तो बस्तु काटने क्रममा विष्फोट भएको र सोही क्रममा वर्कशप संचालक मगर र ५ जना कामदारहरु घाइते भएका थिए । घाइतेमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका वडा नम्बर ९ बस्ने वर्ष ३४ का फिरोद देवान, सोही स्थान बस्ने वर्ष २० को रितु रजत, भारत विहार रामघडवा घर भएका वर्ष २० का अरविन साह र निजगढ नगरपालिका ५ का ४५ वर्षीय सुर्यबहादुर थापा रहेका छन् ।
उनीहरुको हात र खुट्टा, पेटसहित शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइतेमध्ये थापाको अवस्था भने सामान्य छ । थापाको निजगढस्थित सामुदायिक अस्पतालमा र अन्यको वीरगञ्जमा उपचार भइरहेको छ । सामुदायिक अस्पतालमा उपचाररत घाइते थापाले फलामको पाइप काटने क्रममा विष्पोट भएको बताउनुभएको छ ।
यो पनि पढौ