निजगढमा भएको शंकास्पद बस्तु विष्फोटनको घटना छानबिन गरी मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको उचित उपचार गर्न स्थानीय ६ वटा राजनीतिक दलहरुले माग गरेका छन ।
नेपाली कांग्रेश, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र नेकपा एकिकृत समाजवादीका नगर अध्यक्षहरुले हिजो संयुक्त विज्ञप्ति निकालेर यस्तो माग गरेका हुन । विज्ञप्तिमा घटनाको छानबिन गरी सत्य तथ्य सार्वजनिक माग गर्दै घाइतेहरुको उचित स्वास्थ्य उपचारको साथै मृतक परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसंग माग गरिएको छ ।
घटना सोमबार दिउसो निजगढ ७मा भएको थियो भने घटनामा अहिले सम्म २जनाको ज्यान गएको र २ जना पक्राउ समेत परेका छन ।
निजगढका दलहरुले घटना शंकास्पद वस्तु बिस्फोट भएको देखिएकोले उक्त घटनाको सम्बन्धित निकायबाट सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न र घाइतेहरूको उचित स्वास्थ्य उपचारका साथै मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसंग जोडदार माग समेत गरिएको छ ।
यस्तो छ विज्ञप्ति
यो पनि पढौ