बाराको निजगढमा भएको शंकास्पद शक्तिशाली विस्फोटमा प्रहरीले ५ जनालाई अनुसन्धानको लागी पक्राउ गरेको छ ।
निजगढ नगरपालिका वडा नम्बर ७ स्थित रोहित वर्कशपमा मंगालवार दिउसो शंकास्पद शक्तिशाली विस्फोट हुदा वर्कशप संचालक निजगढ नगरपालिका वडा नम्बर ७ का ४३ वर्षीय रेशम मगर अर्का एक भारतीय नागरिक राकेश जयसवालको ज्यान गएको छ । घटनामा प्रहरीले हाल सम्म कवाड संचालक राज जैसवाल सहित ४ जनालाई पक्राउ गरि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो ।
विष्फोट भएको उक्त वस्तु के हो भन्ने बारेमा अझै खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले ग्यास बेल्डिङ मेसिनले शंकास्पद बस्तु काटने क्रममा विष्फोटन हुनपुगेको र थप अनुसन्धान कार्य जारी रहेको बताउनुभएको छ ।
घटनामा ६जना घाईते भएका थिए भने २ जनाको सोमबारनै मृत्यु भएको थियो र ३जनाको अवस्था पनि गम्भिर रहेकोले बिरगजंमा उपचार भईरहेको र १जनाको भने अवस्था सामान्य भई निजगढमै उपचार भईरहेको प्रहरीले जनाएको छ ।