जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपमा टाइब्रेकरमा ४–३ गोलअन्तरले मच्छिन्द्र फुटबल क्लबलाई हराउँदै नेपाल पुलिस क्लब पहिलो पटक विजेता बनेको छ ।
सिमरा रंगशालाको फ्लड लाइटमा हिजो राति भएको खेलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लब जगदम्बा स्टिल १४औं जीतपुरसिमरा गोल्डकपमा विजयी भएको हो । जितसंगै पुसिलसले १० र ट्रफी हात पारेको छ भने उपविजेता मछिन्द्रले मै चित्त बुझाएको छ । तोकिएको समयमा दुवै टोलीले कुनै गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । मच्छिन्द्रका दुई खेलाडीले रातो कार्ड पाएर बाहिरिदा पनि पुलिसले त्यसको फाईदा उठाउन नसकेपछि टाइब्रेकरबाट निर्णय लिनुपरेको थियो । निर्धारित ९० मिनेटको खेलमा मच्छिन्द्रका उत्सब राई र मनिष डागीले रातो कार्ड पाएर मैदानबाट बाहिरिएका हुन ।
९ खेलाडीमा सिमित मच्छिन्द्र खेलको अतिरिक्त समयमा उल्टै प्रहरी टोलीमाथि हाबी भएको थियो । ट्राइब्रेबरमा पुसिसकोतर्फबाट रामचन्द्र वाजे, पुजन राई, सुजन मगर र आशिष राइले गोल गरेका थिए । मच्छिन्द्रको तर्फबाट विशाल राई, दिवाकर चौधरी र सनीष श्रेष्ठले गोल गरेका थिए । मच्छिन्द्रको तर्फबाट शौरभ लिम्बु र चन्दन दासको प्रहार पुलिसका गोल रक्षक अमित तामाचाले रोकेका थियो । खेलको म्यान अफ दि म्याच पुलिसको अमित तामाचा भए । उनसले टाइब्रेकरमा मछिन्द्रको दुई गोल रोका थिए । खेलको उत्कृष्ट खेलाडी संजीव श्रेष्ठ (पुलिस) भए ।
प्लेयर अफ दि टुर्नामेन्ट मच्छिन्द्रका विमल घर्ती मगर भए । मगरले स्कुटर प्राप्त गरे । प्रतिस्पर्धी दुबै टिम ‘ए’ डिभिजनका हुन् । पुलिस आठ वर्षपछि दोस्रो पटक जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको थियो भने मच्छिन्द्र पहिलो पटक उपाधि नजिक पुगेको हो । यसअघि छैठौं सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको पुलिस त्रिभुवन आर्मी क्लबसंग २–० ले पराजित हुँदै उपाधिबाट बञ्चित भएको थियो ।
जीतपुरसिमरा गोल्डकपको हाल सम्मका विजेता
२०८० – नेपाल पुलिस क्लब
२०७९– चर्च ब्वाईज युनाईटेड
२०७८ – न्युरोड टिम एनआरटी
२०७७ – संकटा क्लब
२०७५ – थ्रीस्टार क्लब
२०७४ – त्रिभुवन आर्मी
२०७३ – संकटा क्लब
२०७२ – विजय युथ क्लब हेटौंडा
२०७१ – त्रिभुवन आर्मी क्लब
२०७० – नव जनजागृति युवा क्लब सिमरा
२०६९ – मनाङ मस्र्याङदी क्लब
२०६८ – मनाङ मस्र्याङदी क्लब
२०६७ – हिमालयन शेर्पा क्लब
२०६६ – मजदुर सहिद स्मृति क्लब