बलात्कार आरोपमा जेल परेका निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन) थुनामुक्त भएका छन ।
बारा जिल्ला अदालतले हिजो गरेको फैसलाआदेशमा दोषि देखिएका श्रेष्ठ सजाय र जरिवाना बुझाएर रिहा भएकाहुन् । जबर्जस्ती करणी मुद्दामा जिल्ला न्यायाधीश जगन्नाथ पौडेलको इजलाशले आंशिक अभियोग दाबी पुग्ने भन्दै मुद्दालाई बालयौन दुव्र्यवहारमा परिर्वतन गर्दै फैसला सुनाउनुभएको थियो ।
अदालतले श्रेष्ठलाई बालयौन दुव्र्यवहारमा दोषि ठहर गर्दै १ वर्ष कैद र १० हजार जरिवाना तथा पीडित राहत कोषमा ४ सय बुझाउने फैसला सुनाएको थियो । तर २०७९ पुष १७ गते प्रहरीद्वारा पक्राउ परेका श्रेष्ठलाई जिल्ला न्यायाधीश तारादेवी महर्जनले श्रेष्ठको इजलासले २०७९ माघ १० गते पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको थियो । पक्राउ परेको अवधिबाट हालसम्म श्रेष्ठले १ वर्ष ३ महिना १५ दिन कैद भुक्तान गरिसकेकाले जरिवाना तोकिएको १० हजार समेत मिनाहा भएको र फैसलाबमोजिम पीडित राहत कोषमा श्रेष्ठले ४ सय जम्मा गरेकोले सजाय भुक्तान गरी थुनामुक्त भएको बारा जिल्ला अदालत स्रोतले जानकारी दिएको छ ।
स्रोतकाअनुसार श्रेष्ठ फैसलाको पुर्णपाठ नआएसम्म निलम्बन कायम हुने तथा दुबै पक्षले उच्च अदालतमा पुनरावेदन दर्ता गरेको अवस्थामा श्रेष्ठको निलम्बन कायम रहने बताइएको छ ।