निजगढ नगरपालिका– ५ बागदेवस्थित श्री सार्वजनिक माध्यमिक विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामा हिजो नियमितभन्दा फरक पोशाकमा विद्यालयमा उपस्थित हुनुभयो ।
प्रअ लामाले तामाङ्ग समुदायले प्रयोग गर्ने कोट र टाउकोमा गोलाकार आकृतिको टोपी लगाउनुभएको थियो ।
यसबाट नेपालको संस्कृतिको प्रवद्र्धन हुनुको विद्यार्थीहरुले पनि व्यवहारिक रुपमा नै जातीअनुसारको पोशाकको बारेमा ज्ञान हासिल गर्नसक्ने उहाँले बताउनुभयो । प्रअ लामाले विद्यालयका शिक्षकहरुले अब नियमित रुपमा आफ्नो जातीअनुसारको पोशाक लगाउनुपर्ने नियम बनाइएको पनि जानकारी दिनुभयो । महिनाको अन्तिम शुक्रवार शिक्षकहरुले आफ्नो जातीअनुसारको पोशाक लगाएर विद्यालयमा आउनुपर्ने उहाँको भनाई छ ।
प्रअ लामा जस्तै विद्यालयका सहायक प्रअ लालबाबु चौधरी, शिक्षिका बालकुमारी सिंजाली लगायत सबै शिक्षक÷कर्मचारीहरु पनि आफ्नै जातिअनुसारको पहिरनमा विद्यालयमा पुग्नुभएको थियो । सहायक प्रअ चौधरीले थारु जातिको धोति, कुर्ता र टाउकोमा सेतो फेटा गुथ्नुभएको थियो भने सिंजाली मगर जातिका महिलाले पहिरिने छिटको गुन्यु र लाङ्गमा सजिएर आउनुभएको थियो । शिक्षिका संजाली मगरको अनुसार पोशाक विद्यालयमा लगाएर आउदा पहिला यस्तो पहिरण हुन्थ्यो भनेर भनिन्थ्यो तर अहिले हामीले लगाएर देखाउदा विद्यार्थीहरुले प्रष्ठ बुझेको बताउनु भयो ।
बालकुमारीको पोशाक मात्रै होइन, हात, नाक, कान र टाउको गहना पनि आफ्नै जातिकै थिए । जातीय विविधताको उजागर गरेर पहिचानको प्रबद्र्धन गर्न र सबै समुदायको संस्कृतिप्रति सम्मान जगाउन विद्यालयका शिक्षकहरुले जाती अनुसारको पोशाक लगाउन शुरु गरेको शिक्षक लालवाबु चौधरीले बताउनुभयो ।
पोशाकमार्फत नयाँ पुस्तामा संस्कृतिको हस्तान्तरण गर्न विद्यालयले अभियान शुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतमले बताउनुभयो । शिक्षकहरुबाट सुरु भएको यो अभियान विद्यार्थीहरुमा पनि विस्तार गरिने उहँको भनाई छ ।
शिक्षकहरुहरुको पहिरनबाट विद्यार्थीले सहज रुपमा फरक जातिय पोशाकको बारेमा जानकारी प्राप्त गर्नसक्ने एकले अर्को जातिको विशेषता चिन्न, बुझ्न र सम्मान गर्नसक्ने विद्यालयको विश्वास छ । गुरुहरुले जातीय पोसाक लगाउन शुरु गरेपछि आफूहरुले विभिन्न जातजातिको मौलिक पोसाकबारे जानकारी पाउने र लगाउने तरिका बारे सिक्ने अवसर मिलेको कक्षा– १० की छात्रा सरीश्मा चौलागाई बताउनुहुन्छ । यसबाट पोसाकबारे प्रतक्ष्य रुपमा व्यावहारिक ज्ञान प्राप्त भएको चौलागाईले बताउनुभयो ।
वि स २०२२ सालमा स्थापना भएको यस विद्यालयमा ६ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। । १६ महिला र १४ पुरुष गरी ३० जना शिक्षिक शिक्षिका र विद्यालयमा अन्य चारजना कर्मचारी छन्। । विद्यालयमा व्यवस्थापन र शिक्षा संकायमा र प्राविधिक तर्फ ३ बर्षे कम्प्युटर पढाई हुने गरेको छ ।