चितवन स्थित नारायणी नदिको पुलबाट एक जना पुरुष नदीमा हाम फालेका छन् ।
आइतबार करिब बिहान १०ः४० बजेको समयमा साइकलबाट झरेर अन्दाजी ५०/५५ वर्षीय एक पुरुष पुलबाट नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


पुलबाट नदिमा हाम फालेर बेपत्ता भएका पुरुषको पहिचान नखुलेको र उक्त स्थानमा विपत व्यवस्थापन सहित प्रहरी टोली खटाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार ति पुरुषको पहिचान नखुलेको र उक्त स्थानमा विपत व्यवस्थापन सहित प्रहरी टोली खटाइएको छ । पुलमा उनले छाडेको साइकल, चप्पल, टोपी लगायतका सामान फेला परेको छ । वेपत्ता पुरुषको खोजी भइरहेको छ ।
















