विश्व प्रसिद्ध गढीमाई मेलाको समस्या समाधानको लागि प्रत्येक दिन प्रमुख जिल्ला अधिकारी र मेला ब्यवस्थापन मुल समिती बीच छलफल हुने भएको छ ।गढीमाई मेलामा आउने समस्यालाई समाधान गर्नको लागि प्रत्येक दिन बेलुका छलफलको मार्फत बाट समस्याको समाधान गरिने भएको छ ।
मंसिर ०१ गते देखि बिधिवत रुपमा सुरु भएको विश्व प्रसिद्ध गाढीमाई मेलामा मुल समिती या उपसमितिको कुनै पदाधिकारीले केही गल्ती गरेमा कार्वाहीको प्रक्रिया अगाडि बढाईने गढीमाई मेला ब्यवस्थापन छ्लफल कार्यक्रममा नगरप्रमुख उपेन्द्र यादवले बताए ।उनले भने जो कोहि कतै बाट अनाधिकृत रुपमा कुनै पनि ब्यपारी संग पैसा लिएको प्रमाण भेटे संगै त्यसतालाई कार्वाहीको लागि प्रहरिको जिम्मा लगाईने छ ।
शनिवार बेलुका महागढीमाई नगरपालिकाको सभाहलमा प्रमुख जिल्ला अधिकारी र मेला ब्यवस्थापन मुल समिती बीच गढीमाई मेलाको बारेमा बृहत छलफल भएको छ ।बिश्व प्रसिद्ध गढीमाई मेलामा आउने समस्यालाई छलफल मार्फत समाधान गर्ने गरि प्रशासनले समेत काम गर्ने प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए ।
गढीमाई मेला संचालनको लागि गठन गरिएको उपसमितिका सबै सदस्यहरु २४ औं घण्टा मेला मुल समितिको कार्यालयमै बसेर मेला ब्यवस्थापन लाग्नु पर्नेमा नगरप्रमुख उपेन्द्र प्रसाद यादवले जोड दिए ।आवश्यता अनुसार आफू पनि मेला ब्यवस्थापन समितिको कार्यालयमा २४ घण्टा बस्ने र मेलामा आउने दर्शनार्थी या ब्यपारीलाई कुनै किसिमको समस्या भए त्यसको तुरुन्त समाधान गर्ने गरि सबै उपसमितिलाई काम गर्नु पर्ने आवस्यक रहेको नगरप्रमुख यादवले निर्देशन दिए ।
विश्व प्रसिद्ध गढीमाई मेलामा अहिले बिधुतिकरणमा समस्या रहेकोले त्यसको समाधानको लागि बिधुत कार्यालयका हाकिम र इन्जिनियरलाई मेलामा कुनै किसिमको बिधुतको कमि नहुने गरि काम गर्न निर्देशन दिनको लागि नगरप्रमुख यादवले प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी संग आग्रह गरेको छ ।मेला समितिको तर्फ बाट नेपाल बिधुत प्राधिकरण कलैयामा १८ लाख रुपैयाँ धरौती राखिए पनि बिधुतिकरणको समस्या अझै बिधुत कार्यालय समाधान गर्न नसकेको प्रती नगरप्रमुख यादवले प्रमुख जिल्ला अधिकारी समक्ष दुखेसो पोखे ।
मेला समुतिको उपसमितिको जति सदस्य र संयोजकहरु छ सबैले हातेमालो गरेर मेला ब्यवस्थापनमा लाग्नु पर्नेमा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जोड दिए ।दिल लगाएर खाना पकाए मीठो हुन्छ त्यसतै दिल लगाएर मेला ब्यवस्थापनमा काम गरेमा मेला समेत सफल हुने प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले छलफल एवं सुझाव संकलनको क्रममा बताए ।गढीमाई मेला एउटा ठूलो मेला हो आफ्नो घरमा बिहेमा आउने ज्यनतीको लागि ब्यवस्थापनमा कुनै कसर बाकी नरहने गरि काम गर्छौ त्यसतै गढीमाई मेलाको ब्यवस्थापनमा समेत कुनै कमि न आउने गरि काम गर्न मेला मुल समिती र उपसमितिका संयोजक र सदस्यहरुलाई प्रमुख जिल्ला अधिकारीले निर्देशण दिए ।