निजगढ उद्योग बाणिज्य संघले आयोजना गरेको “प्रथम निजगढ महोत्सव– २०८१” को हिजो एक कार्यक्रमबीच उद्धाटन गरिएको छ । प्रतिनिधि सभा सदस्य अच्युत मैनाली र कृष्णकुमार श्रेष्ठ किसानले पानसमा बत्ति बालेर निजगढ ८ स्थित खयरघारी खेल मैदानमा महोत्सवको उद्धाटन गर्नुभएको हो । यस अघि संघीय सरकारका गृहमन्त्री रमेश लेखकले महोत्सवको उद्धाटन गर्ने कार्यक्रम तय गरिएको भएपनि खराब मैसमका कारण गृहमन्त्री लेखक उपस्थित हुन नसकेपछि सांसद मैनाली र श्रेष्ठले कार्यक्रमको उद्धाटन गर्नुभएको हो । उद्धाटन कार्यक्रममा बोल्दै सांसद मैनालीले निजगढ कृषि, व्यापार र यातायात विकासको दृष्टिले अत्यन्त ठूलो शंभावना युक्त क्षेत्र भएको बताउनुभयो ।
सांसद श्रेष्ठले निजगढ काठमाण्डौं फास्ट ट्याक र अन्तराष्ट्रिय विमानस्थल निर्माण हुने र यसको लागि आफू जस्तो सुकै पहल गर्न पनि तयार रहेको बताउनुभयो ।


त्यसैगरी कार्यक्रममा बोल्दै संविधान सभा सदस्य एंव पूर्वमन्त्री पुरुषोत्तम पौडेलले निजगढ प्राकृतिक र सांस्कृतिक विविधताले भरिएको नगर भएको र विकासको प्रचुर शंभावना बोकेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य मिना लामा, निजगढ नगरपालिकाका नगर प्रमुख सुरत पुरी, जीतपुरसिमराका होटल व्यवसायी मोहन लामिछाने, नेपाली कांग्रेसका नेता शम्भुबहादुर बुढाथोकीलगायतले महोत्सवको सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । यसअघि स्थानीय विद्यालयका छात्रछात्रा र विभिन जातजाति र धार्मिक समूदायले झाकीसहित नगर परिक्रममा गरेका थिए । आगामी २२ गतेसम्म संचालन हुने महोत्सवको व्यवस्थापन राजधानी राइड्स, काठमाण्डौंले गर्नेछ । यसैबीच महोत्सवमा बाल उद्यान, मनोरञ्जनका विभिन्न साधन, कृषि र औद्योगिक उत्पादनको बिक्री कक्ष र ख्यातिप्राप्त गायक र हास्य कलाकारहरुले प्रस्तुति दिनेछन । महोत्सवमा आज चर्चित दोहोरी गायक बद्री पङ्गेनी र राधिका हमालले प्रस्तुति दिने महोत्सव प्रचार समितिका संयोजक इन्दिप कोइरालाले जानकारी दिनुभएको छ ।
“कृषि÷पर्यटन तथा औद्योगिक व्यापार, समृद्घिको आधार” भन्ने मुख्य नाराका साथ संघले निजगढमा पहिलो पटक महोत्सवको आयोजना गरेको हो । महोत्सवमा दैनिक हजारौं व्यवसायी र सर्वसाधारणले अवलोकन तथा कारोबार गर्ने र यसबाट स्थानीय तथा स्वदेशी उत्पादनसंगै कला संस्कृतिको प्रबद्र्धनमा टेवा पुग्ने अपेक्षा राखिएको निजगढ उद्योग बाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले बताउनुभएको छ ।