भारतको कुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु भएको छ । बिहारको सहर मुज्फरपुरमा शनिबार साँझ नेपाली तीर्थयात्री बोकेको भारतीय गाडी दुर्घटनामा परेको धनुषा प्रहरीका डीएसपी वरुणबहादुर सिंहले जानकरी दिए । उनका अनुसार मृतक धनुषा र महोत्तरी जिल्लाका छन् ।
मृतकहरुमा मन्तार्नी देवी, अर्चना ठाकुर, बालाकृष्ण झा, इन्दु देवी र चालक रहेका छन् । दुर्घटनामा मनोहर ठाकुर , कामिनी झा, सृष्टि ठाकुर र जगतारण देवी गम्भीर घाइते रहेको डीएसपी सिंहले बताए । मोटरसाइकललाई जोगाउने क्रममा गाडी सडकमा तीन बल्ड्याङ खाएको थियो ।