काठमाडौँ, २० भदौ । भारतीय हस्तक्षेपविरुद्ध काठमाडौं लगायतका स्थानमा विरोध हुन थालेपछि गृह मन्त्रालयले फेरि कारवाहीको चेतावनी दिएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले मित्रराष्टका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधी नगर्न अनुरोध गरेको हो ।
पछिल्लो समय भारत र अमेरिका विरोधी गतिविधि बढिरहेको छ । जयसिंह धामीको मृत्यु प्रकरण र एमसीसीको विरोधमा प्रदर्शन भइरहेका छन् । त्यसैलाई बचाउ गर्दै गृहले विज्ञप्ति जारी गरेको हो । मन्त्रालयले यस्ता गतिविधिमा संलग्न भइ कानुन हातमा लिने प्रयास गरे कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
मन्त्रालयले शुक्रबार पनि यस्तै प्रकृतिको विज्ञप्ति जारी गरेको थियो । शुक्रबार कुनै पनि विदेशी परियोजना र राष्ट्रविरुद्ध गतिविधि गरे र अभिव्यक्ति दिए कारबाही गर्ने चेतावनी दिएको थियो ।