सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको बारेमा वडाका सचिव र प्राविधिकहरुसँग छलफल गरेको छ ।








नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी समाल्नु भएको युवराज आचार्यले वडा सचिव र प्राविधिकहरुसँग परिचयात्मक कार्यक्रमका साथै वडामा योजना कार्यान्वयनको अवस्था बारेमा पनि जानकारी लिनु भएको थियो ।
साथै उहाँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कर्मचारीको तर्फबाट समेट्नुपर्ने विषयका बारेमा पनि जिज्ञासा राख्नु भएको थियो ।
छलफल कार्यक्रममा वडा सचिव तथा प्राविधिकहरुले आ-आफ्नो वडाको अवस्था र समस्या बारेमा कुरा राख्नु भएको थियो ।
छलफल कार्यक्रममा नगरपालिकाका प्रशासन प्रमुख राजेन्द्र नेपाल, पूर्वाधार शाखा प्रमुख जनक न्यौपाने पनि सहभागि हुनुहुन्थ्यो ।