काठमाडौं- टाटा ईभीको नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि यसपटक विशेष तयारीसहित सहभागी हुँदैछ। स्टल ए४ मा अवस्थित टाटाको डिस्प्लेमा टियागो ईभी, पन्च ईभी, नेक्सन के थ्री ईभी र कर्भ ईभीजस्ता लोकप्रिय विद्युतीय गाडीहरु प्रदर्शन हुनेछन्।
प्रदर्शनी अवधिभर टाटाले एक्सक्लुसिभ अफर, सजिलो फाइनान्स योजना र विशेष उपहारहरु उपलब्ध गराउनेछ।


२०२५ टियागो ईभीमा सुरक्षाको लागि दुईवटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम र हिल होल्ड कन्ट्रोलको व्यवस्था गरिएको पाइन्छ। कुल्ड ग्लोभ बक्स, क्रुज कन्ट्रोल, र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरुले एक आरामदायी यात्राको अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।
यसैगरी, पन्च ईभीमा भ्वाइस एसिस्टेड सनरुफ, ३६० डिग्री क्यामेरा र लेदर रेटेड भेन्टिलेटेड सिटसहितका विशेषताहरु रहेका छन्। साथै, ६ वटा एयरब्याग, वायरलेस चार्जर, र वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले जस्ता उच्च प्रविधि र सुविधा उपलब्ध छन्।
साथै, टाटा नेक्सन के थ्री ईभीमा १९० मिमि ग्राउन्ड क्लियरेन्स, ६ एयरब्याग, ३६०-डिग्री क्यामेरा, १२-इन्च टचस्क्रिन जस्ता विशेषताहरू रहेका छन्। यसले नेपाली भौगोलिक अवस्था अनुरूप सहज यात्रा दिने विश्वास गरिएको छ।
यसैगरी, कर्भ ईभीमा ५५ किलोवाट आवरको ब्याट्री प्याक र ९८ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर रहेको छ। ५०० लिटरको बुटस्पेस र १८६ एमएमको ग्राउन्ड क्लियरेन्स भएकोले नेपाली बाटोमा सजिलै आरामदायी यात्रा गर्न सकिनेछ।
यसमा एडीएएस लेभल २ को क्षमता रहेको छ, जसमा ६ वटा एयरब्याग, अल-ह्वील डिस्कब्रेक, अटोहोल्ड, हिलस्टार्ट डिसेन्ट असिस्ट, ३६० डिग्री क्यामेरा, आइ-भीबीएससहितको इएसपी रहेको कर्भ.ईभीले सुरक्षा र आराम दुवैको स्तरलाई बढाउँछ।
गाडीमा ३१.२४ सेन्टिमिटरको सिनेमाटिक टच स्क्रिन इन्फोटेन्मेन्ट, २६.०३ सेन्टिमिटरको डिजिटल ककपिट, भ्वाइस-असिस्टेड पानोरामिक सनरूफ, एम्बियन्ट लाइटिङ, भेन्टिलेटेड सिटजस्ता विशेषताहरू छन् ।
अटोप्रेमीहरूलाई प्रदर्शनीमै प्रत्यक्ष अवलोकन गर्ने र तत्काल बुकिङ गर्ने अवसर हुनेछ। ‘नाडा अटो शो २०२५’ मा टाटाको स्टल अनुभव गर्ने प्रमुख गन्तव्य बन्ने कम्पनीको अपेक्षा छ।
















