नेपाली बजारमा भदौ १३ गते शुक्रबार सुनको भाउ प्रतितोला २ लाख रुपैयाँ नाघेर हालसम्मकै उच्च भएको छ ।
बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला १ हजार २०० रुपैयाँले बढ्दै अहिलेसम्मकै सबैभन्दा महँगो भएको हो ।


नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ६ सय रुपैयाँ तोकिएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला २ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ । विहीबारको तुलनामा भने शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको हो।
















