सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘सिटिजन्स सन्तुलित योजना’ का इकाइहरू आज पुस ४ गतेदेखि सार्वजनिक बिक्रीमा आएका छन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएसँगै यो योजनाले प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा कुल १० करोड रुपैयाँ बराबरका इकाइ निष्कासन गरेको हो।
निष्कासित कुल इकाइमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाइ कोष प्रवर्द्धक सिटिजन्स बैंकका लागि बीज पुँजीका रूपमा सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाइ भने सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको छ।


लगानीकर्ताले कम्तीमा १०० इकाइदेखि अधिकतम १ करोड इकाइसम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आवेदन प्रक्रिया धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरू तथा सीडीएससीको ‘मेरो शेयर’ प्रणालीमार्फत गर्न सकिनेछ।
इकाइ बिक्री अवधि छिटोमा मंसिर ८ गतेसम्म र ढिलोमा पुस १८ गतेसम्म, बैंकिङ समय समाप्त भएपछि बन्द हुने जनाइएको छ। यस योजनाको योजना व्यवस्थापकको जिम्मेवारी सिटिजन्स क्यापिटलले सम्हालेको छ।
















