नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशले कारोबार दैनिक र ईमेज टिभीका बारा संवाददाता प्रकाश लम्साललाई सम्मानित गरेको छ ।
जनकपुरमा मंगलबार आयोजना गरिएको महासंघको सातौं प्रदेश सभामा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले लम्साललाई सम्मान-पत्र प्रदान गरेका हुन् ।


सञ्चार क्षेत्रको विकासमा समर्पित रहेर उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको र उद्योग वाणिज्यका गतिविधिलाई प्राथमिकतामा राखेर समाचार प्रकाशन गरेको भन्दै सम्मानित गरिएको महासंघले जानकारी दिएको छ ।
















