चलचित्रकर्मी, खेलकुदकर्मी र होटल व्यवसायी युवाराज लामालाई नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले पर्यटन प्रवर्द्धनमा योगदान दिएको भन्दै सम्मान गरेको छ । जनकपुरमा मंगलबार आयोजना गरिएको महासंघको सातौं प्रदेश सभामा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले लामालाई सम्मान-पत्र प्रदान गरेका हुन् ।
पर्यटन क्षेत्रको विकासमा समर्पित रहेर उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको भन्दै सम्मानित गरिएको महासंघले जानकारी दिएको छ ।


लामा पछिल्लो केहि बर्ष यता आफ्नै निजि निवासमा होटल तारा इन संचालन गर्दै आइरहेकाछन । उनले पर्यटन व्यवसाय संग सम्बन्धित विभिन्न कार्यहरु गर्दै आइरहेकाछन ।
















