काठमाडौं,भदौं १-
यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल खुलाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा सिफारिश गर्ने भएको छ । मंगलवार सीसीएमसीमा ट्रायल खुलाउन सिफारिश गर्न लागिएको विभागका महानिर्देशक नवराज घिमिरेले बताए ।
निषेधाज्ञा खुलेर चहलपहल बढ्दै गएकाले विभागले घिमिरेको नेतृत्वमा कार्यालयहरूसँग छलफल गरी ट्रायल खोल्ने निर्णय गरेको थियो । विभागले साउन अन्तिम सातादेखि ट्रायल खोल्ने निर्णय गरी त्यसअनुसार यातायात कार्यालयहरूलाई तयारी गर्न निर्देशन दिएको थियो ।
सीसीएमसीले निर्णय गरेमा ट्रायल खोल्न सकिने विभागका महानिर्देशक घिमिरेले बताए ।