बाराको निजगढमा नेकपा (एमाले)बाट निर्वाचित २ जना स्थानीय तहका जनप्रतिनिधि र १ जना मनोनित कार्यपालिका सदस्यले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्।
भाद्र २० गते निजगढ नगरपालिकाका कार्यपालिका सदस्य पवन विकले र भाद्र २० गते थप २ जनाले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेको उक्त पार्टीले जानकारी दिएको छ। एकीकृत समाजवादीको पक्षमा सनाखत गर्नेमा एक जना कार्यपालिका सदस्य, १ जना वडाध्यक्ष र १ जना वडा सदस्य रहेको जानकारी दिएको छ।


मौन वडाध्यक्ष अन्तिममा खुले
निजगढ नगरपालिकाका वडा नं ९ का वडाध्यक्ष सुदर्शन बडाल एमाले विबाद चुलिदै गर्दाको समय देखी मौन र कतै पनि खुलेका थिएनन तर अन्तिममा भाद्र २० गते जिल्ला निर्वाचन कार्यालय बाराको कलैयामा पुगेर एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।
लोकप्रिय वडा सदस्य पनि वडाध्यक्षकै बाटोमा
निजगढ भरीकै वडा सदस्य मध्यका अत्यन्त लोकप्रिय निजगढ नगरपालीका वडा नं ९ का वडा सदस्य जगत बहादुर न्यौपाने (गोकुल)ले पनि वडा नं ९ का वडाध्यक्ष सुदर्शन बडालकै बाटोमा डोहोरिएर समाजवादी रोजेका छन्। युवा अवश्था कै कारण उनि जनतामा लोकप्रिय थिए र चुनाबमा धेरै भोट समेत पाएका थिए ।
कार्यपालीका सदस्य कहिले यता कहिले उता
निजगढ नगरपालीका कार्यपालिका सदस्य पवन विकले निजगढमै पहिलो पटक जिल्ला निवार्चन कार्यालय बारा कलैयामा पुगेर समाजवादीको पक्षमा सनाखत गरेका हुन् । विक एमाले द्वारा मनोनित कार्यपालीका सदस्य हुन ।
स्थानिय चुनाबको केहि दिन अघि मात्र विक माओवादी केन्द्रमा पार्टी प्रवेश गरेका थिए र २४ घण्टा नबित्दै पुन एमाले फर्किएपछि उनलाई पछि कार्यपालीका सदस्यमा एमालेले मनोनित गरेको थियो ।
जनताको भोटको अपहेलना
जनप्रतिनधीको हक अनुसार दल रोज्दा निजगढका स्थानियहरुले भने जनताको भोटको अपहेलना भएको अधिकाङ्शले बताएका छन । जनताले माया गरेर एमालेलाई भोट दिएर जनप्रतिनिधिलाई जिताएको थियो तर जनप्रतिनिधिले जनताको मायालाई अपहेलना गर्दा भोटरको मात्र नभई सारा जनताको मन वहाँहरुले दुखाउनु भएको छ भन्छन राष्ट्रिय युवा संघ नेपालको निजगढ नगरका सचिव रामकुमार लामिछाने ।
सिंङ्गो नगर एमाले
वारा निजगढका अन्य जनप्रतिनिधी भने नेकपा एमाले नै रोजेका छन । निजगढको माहोलमा हेर्दा पनि जनतामा पनि एमालेकै लोकप्रियता बढी रहेको पाईन्छ । स्थानिय बलराम बजगाई भन्छन सिङ्गो नगर एमालेमै छन , वहाँहरु उता लाग्नु भयो तर जनता भने यतै एमाले माया गरेर बस्नु भएको छ ।
















