काठमाडौं। हरितालिका तीज आज देशभरका हिन्दू महिलाहरुले महादेवको पूजाआज गरी मनाउँदैछन् । सेलेव्रिटीमाझ पनि तीज पर्व निकै लोकप्रिय छ । नायिका र गायिकाहरु व्रत बसेर आज तीज मनाउँदैछन्।
लोकप्रिय एक्ट्रेसहरुले आज सारीमा सजिएको तस्विर खिचाएका छन् । उनीहरुले सामाजिक संजालमार्फत तीज लुक्स सार्वजनिक गरेका छन् र प्रशंसकलाई तीजको शुभकामना दिएका छन्।


विगतमाजस्तो यसपटक भने सार्वजनिक थलोमा भेला भएर नायिकाले तीज मनाएका छैनन् । कतिपयले भर्चुअलरुपमा मनाइरहेका छन्। अमेरिकामा रहेका नायिकाहरुले पनि तीजको अवसरमा गेट–टुगेदर गरेको तस्विर आउट भएको छ।