धनगढी,१७ असोज । जिल्ला प्रहरी कार्यालय कैलालीले बिभिन्न मुद्दाका ७ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलारी गाउँपालिका वडा नं.१ बस्ने बिनोद चौधरी रहेका छन् । उनि जवजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत कैलालीले ३ बर्ष ११ महिना ५ दिन कैद सजाय तोकेको थियो । २०७५ भदौ २० गतेदेखि उनि फरार रहेका थिए ।
त्यसैगरी कैलालीकै बर्दगोरिया गाउँपालिका वडा नं. ६ बस्ने बर्ष २२ को अशोक चौधरीलाई पनि प्रकाउ गरिएको छ । जबरजस्ती करणीको कसूरमा अदालतले ३ बर्ष कैद सजायको फैसला गरेको थियो । उनि २०७२असार २१ बाट फरार रहेका थिए ।
त्यसैगरी कैलाली जिल्ला अदालतबाट लागू औषध मुद्दामा २०६६ बैशाख १२ गते रु ५०० जरिवाना भई फरार रहेका धनगढी उप-महानगरपालिका वडा नं.१ बस्ने शत्रुजित जोशीलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
अन्य पक्राउ पर्नेमा वन मुद्दाका फरार प्रतिवादी धनगढी उप-महानगरपालिका १७ वस्ने बर्ष १८ को अमन चौधरी, सोही ठाँउका बर्ष २९ का कृष्ण राना ,बर्ष १८ अभिषेक चौधरी र बर्ष ३० को बब्लु रानालाई पनि प्रहरीले प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए ।
उनिहरुले २०७८ साउन ८ गते गौरीगंगा नगरपालिका वडा नं ६ मा विना इजाजत वन पैदावार ओसार पसार गरेको अभियोगमा डिभिजन वन कार्यालय कैलालीले मुद्दा दायर गरी विरुद्द वन ऐन, २०७६ को दफा ५८(२) बमोजिम जिल्ला अदालत कैलालीबाट पक्राउ अनुमती लिएको थियो । आवश्यक कानुनी कारवाहीको लागि चारै जनालाई डिभिजन वन कार्यालय धनगढीमा बुझाईएको प्रहरीले जनाएको छ ।