नवराज चौलागाइ- बारा,२४ आश्विन ।
नेपाली कांग्रेस बारा निजगढका सचिव आशिष तामाङले विपन्न परिवारलाई कपडा वितरण गर्नुभएकोछ ।
तामाङले आईतबार वडा नम्बर ९ स्थित गणेश नगर टोलमा आर्थिक रुपमा विपन्नहरुलाई कपडा वितरण गर्नुभएको हो । बिजया दशमीको अवशरमा विपन्न परिवारका नागरिकहरुलाई नया कपडा वितरण गरेको तामाङले बताउनु भयो । वडा नम्बर ९ का ३० घर परिवारलाई पाईन्ट,टिसर्ट,टोपी,लगायत अन्य विभिन्न कपडाहरु वितरण गरेको तामाङले जनाउनु भयो ।


टोल बिकास सस्थाको समन्वयमा सो टोलका आर्थिक अवस्था कमजोर भएका घर परिवार छनोट गरी दशैको लागी कपडा वितरण गरिएको टोल बिकास संस्थाका सचिव साजन लामाले बताउनुभयो ।
दशैको लागी कपडा पाए पछि खुशी व्यक्त गर्दै स्थानीयले राहत महशुश गरेको जनाएका थिए ।
















