बिपिन अधिकारी, बारा, २४ असोज /
वाराका मनकारी वडा अध्यक्ष जयराम कुवर द्वारा शुक्रवार विद्यालयका छात्र तथा छात्राहरुलाई पोशाक वितरण गरेका छन ।
स्थानिय वडा नं ४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयका छात्र तथा छात्राहरुलाई सो पोसाक एक कार्यक्रमको बिच वितरण गरिएको छ ।


आउदै गरेको वडा दशै, शुभ दिपावली तथा छठको उपलक्षमा वडा नं ४ स्थित बिद्यालयका छात्र तथा छात्राहरुलाई बिद्यालयको प्राङगणमा १२८ थान भेस्ट र ट्रर्याक सुट वितरण गरिएको छ ।

दशैको शुभकामना दिदै वडाध्यक्ष कुवरले भने सबै छात्र तथा छात्राहरुले राम्रो सँग नेपालीहरुको चाड मनाउनु र सो पोसाक शिक्षाको लागी प्रोत्सानको स्वरुप वितरण गरिएको हो । वडाले वितरण गरेको पोसाक पाईसके पछि छात्र तथा छात्राहरु निकै खुसी र अभिभावकहरुले वडाध्यक्षलाई धन्यवाद समेत दिएको वताए वडा सचिब सोमसिंह लामा ।

















