चितवन, असोज २४ –
चितवनमा बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।
आइतबार दिउँसो साढे ३ बजेतिर भतपुर महानगरपालिका–७ विकासचोकमा बा १ प १२८४ नम्बरको बसले ८ वर्षीय बालकलाई ठक्कर दिएपछि मृत्यु भएको थियो । सोही विषयलाई लिएर स्थानीयले प्रदर्शन गरेका थिए ।


‘बस प्रहरी कार्यालयमा ल्याउन अवरोध हुन थालेपछि हामीले अश्रुग्यास प्रहार गरेर भीडलाई नियन्त्रणमा लिनु पर्ने अवस्था आएको हो । साँझ साढे ७ बजेतिर हामीले बस पनि प्रहरी कार्यालयमा ल्याएका छौं । अहिले अवस्था सामान्य बनेको छ’, चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले बताए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्यबहादुर थापाका अनुसार चौबिसकोठीबाट पटिहानीतर्फ जाँदै गरेको बा १ प १२८४ नम्बरको बसले बालकलाई ठक्कर दिएको हो । बसले ठक्कर दिएका बालकलाई उद्दार गरी भरतपुर अस्पताल लगिएको भए पनि अस्पतालले बालकलाई मृत घोषणा गरेको हो ।
बालकको मामाघरकी हजुर आमा ४६ वर्षीय सुर्यकुमारी लामिछाने घटनापश्चात अचेत भएकी छिन् । उनको शरीरमा बाहिरी चोट नरहेको डिएसपी थापाले जानकारी दिए । बस चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।
















