वीरगञ्ज २५ कार्तिक । पूर्वयुवराज्ञी हिमानी शाह छठ पूजाको अवसरमा बुधबार वीरगञ्ज आएका छिन ।
वीरगञ्जको घडीर्अवा पोखरी परिसरमा आज छठ पूजाको अवसरमा पूर्वयुवराज्ञी हिमानी शाह आएकी हुन । काठमाडौंबाट हवाई जहाजले सिमरा आइपुगेकी हिमानी गाडी चढेर वीरगञ्जको घडिअर्वा पोखरी पुगेकी हुन्। सो क्रममा हेलिकप्टरबाट पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानीको फोटो अंकित प्रचार सामग्री (स्टिकर) खसालिएको थियो।


पूजा आराधना गरेपछि हिमानीले छठ ब्रतालुसित कुराकानीसमेत गरेकी थिइन्। पूर्वयुवराज्ञी हिमानी आएपछि राजावादीले स्वागत गर्दै ‘राजा आऊ देश बचाऊ, हाम्रो राजा प्राणभन्दा प्यारो छ’ जस्ता नारासमेत लगाएका थिए।
यसैबीच, घडिअर्वा पोखरीसहित वीरगञ्जका अन्य छठ घाटमा समेत ब्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्।























