नगर प्रमुख ज्यु केही हप्ता अगि एउटा कार्यक्रम माछागाउँको कथा भन्ने आएको थियो त्यसमा हाम्रो कोल्हवी नगरको पश्चिमी भागमा भएका माछा पोखरी र त्यहाँका समस्या देखाईएका थिए सायद हेर्नू भयो होला ।
यदि हर्नु भएको छैन भने र हेर्न मन छ भने भन्नु होला म लिङ्क पठाई दिनेछू अन्यथा आफ्ना सहयोगी हरुलाई भनेर भएनि हर्नु होला यदि फुर्सद छैन भने यहाँ म प्रस्ट पार्ने कोसिस गर्ने छु। उक्त कार्यक्रम मा बिरबहादुरका नाति अनिल भण्डारीले भनेका छन् ब्यापारीले ६ केजि माछा बेच्दा ५ केजिको मात्र पैसा दिन्छ , १ लाख बराबरको माछा बेच्दा ८ हजार बिचौलियालाई दिन पर्छ ठेकेदार ले बिजन राम्रो दिदैन, उसले भनेको समयमा मात्र माछा निकाल्छ यस्ता समस्या सायद तपाईं लाई थाहा नहोला भनेर म बिस्वास गर्न सक्दिन यी समस्या किन कोल्हवी नगरपालिका ले हटाउन सकेन जब कि तपाइले मेयर भए यता प्रत्येक कार्यक्रम मा कोल्हवी नगरमा माछा व्यवस्थित रुपमा उत्पादन गरिने छ माछापालनमा भएका र आउने गरेका समस्या मेरो कार्यकालमा हटाउने छु भनेर भन्ने गरेको दखेको छु यदि छैन भन्नु हुन्छ भने त्यो तपाईको आवाज भिडियो सहित सुरक्षित छ म संग । भुरा पोखरीमा हाले दिन देखि सर्प , चरा बाट बचाउदै सर्पको डरमा घासँ काटेर हाल्दै निकै दुख कष्ट सहेर माछा बेच्दा पनि बिचौलियाको भर पर्नु पर्ने र उनिहरुकै मन लाग्दि सहेर आफुले पोखरी भत्केला कि चरा ,सर्पले खाएर सकिन्छ कि भनेर बडो मेहनत गरेर हुर्काएको बालि बेच्न पनि अरुकै मुख ताक्न पर्ने अवस्था रहदा पनि , माछा को पकेट क्षेत्र बनाउछु माछा पालन हेर्न पर्यटक भित्र्याउछु भन्न नथाक्ने तपाईं नगरप्रमुख को ध्यान किन जान नसखेको होला है, दुखगरेर हुर्काएको बालि बेच्न पनि बिचौलियाको हालि मुहालि सहनु पर्ने त्यस्ता शोषकलाई किन कार्वाही को दायरा मा लिएर आउन सक्नु हुन्न तपाईं ? नेता तथा पार्टीको कार्यक्रममा बोलाईएन भनेर बिलौना गर्ने स्थानीय पत्रकार लाई किन यस्ता समस्या को खोज समाचार बनाउन मद्दत गर्नु भएन ।
तपाईं लगायत हाम्रो स्थानीय तहका कर्मचारी , जनप्रतिनिधि हरु र वडा अध्यक्षहरु , को ध्यान कहिले यस्ता समस्या हरुमा जाने होला है ।माछा पोखरी , पशुपालन , कृषि मा आत्मनिर्भर भएर जिवनयापन गर्न नगरवासीलाई तपाईले आफ्नो दायित्व पूरा गरेर कहिले मद्दत गर्नु भयो त । तपाईले भने जस्तो गरि कोल्हवी नगरपालिका लाई देशमै माछा को पकेट क्षेत्रको नाममा पहिचान स्थापित गर्न कहिले सक्नु हुन्छ । कोल्हवी नगर का स्थानिय कृषिमा आधारित छन् र यहाँ को भुगोल कृषि कर्मको निमित्त बनेको छ त्यहि कुरा लाई ध्यान मा राखि यो हुन लागेको कार्यक्रम मा कमसेकम माछा पालन गर्ने किसान दाजु भाईको समस्या सदाको निमित्त हटाईदिनु होला।नगरप्रमुख भएको हैसियत ले नगरका समाजिक समस्या तपाईको पनि समस्या हो बिन्ती छ गरिब किसान हरुलाई गणतन्त्र आएको र स्थानीय सरकार यस्तो बर्ग लाई पनि हो भन्ने अनुभुती गराईदिनु होला ।
।
सागर घोरसाईने
तपाईको सचेत नगरवासी
कोल्हवी २ पुरानो काटाँ