प्रदेश २ बारा जिल्लाको निजगढ नगरपालिका वडा नं ४ मा गए राति आगो लागि भएको छ ।
शनिवार राती १२ः३० बजे अमरलाल स्याङतानको गोठमा नियोजित तरिकाले आगो लगाइ घरका सदस्य आगो नियन्त्रण गर्न व्यस्त हुदा घरबाट अज्ञात व्यक्तिले नगद दुई लाख पचास हजार चोरी गरी फरार भएको पिडित स्याङतानले बताउनु भयो ।
आगलागी भएको थाहा पाउने बित्तिकै स्थानीयले राती नै आगो नियन्त्रण को प्रयास गरेका थिए , पछि निजगढ नगरपालिका को वरुण यंत्र ले आगो नियन्त्रण मा लिएको छ ।


उक्त घटनालाई यसै भन्न नसकिए पनि कसैले नियोजित तरिकाले पैसा चोर्ने उदेश्यले नै गोठमा आगो लगाई सबै जना आगो नियन्त्रण गर्न लागि पर्दा चोेरले पैसा चोरेको हुन सक्ने निजगढ ४ का वडा अध्यक्ष जयराम कुवर ले बताउनु भयो।साथै उक्त घटना को अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।
















