चर्चित हास्य टेलिश्रृखंला सक्किगोनीका लेखक, निर्देशक तथा कलाकार अर्जुन घिमिरे पाँडेलाई मातृ शोक परेको छ। काठमाडौंको ग्रीन सिटी अस्पतालमा उपचारको क्रममा रहेकी उनको शुक्रबार विहान १ बजे निधन भएको हो। मस्तिष्काघात कारण घिमिरेकी आमा बिमला घिमिरेको दश महिनादेखि अस्पतालमा उपचार भइरहेको थियो।
आमाको निधनपछि घिमिरेलाई उनका सहकर्मी, विभिन्न कलाकारदेखि उनका शुभचिन्तकले दुःख व्यक्त गरेका छन्। आमाको निधनपछि घिमिरेलाई हास्य कलाकार केदार घिमिरे “माग्ने बुढा”ले आफ्नो फेसबुकमा प्रिय भाइ मेरो अर्जुन घिमिरे “ पाडे “को ममतामयी आमा को निधनले स्तब्ध बनाएको छ । आमाको चिर शान्तिको कामना गर्दछु। आमाको बैकुण्ठबास होस।शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरून् भन्दै लेख्छन ।