साप्ताहिक राशिफल – Weekly Rashifal
फागुन ८–१४, २०७८
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रारम्भमा केही चुनौती देखिए पनि मिहिनेतले हिम्मत दिलाउनेछ। पुरुषार्थ देखाएर दाम समाउने अवसर प्राप्त हुनेछ। दिगो फाइदा हुने काम शुभारम्भ हुन सक्छ। प्रयत्न गर्दा साेमवार र मंगलवार महत्त्वपूर्ण काम बनाउन सकिनेछ। प्रेम र मित्रताकाे बन्धन कसिलाे हुनेछ मिहिनेतले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। बुधवारपछि अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ला। अप्ठ्यारो परिस्थितिलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ला। समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन्। सप्ताहान्तमा स्वास्थ्य कमजाेर रहनेछ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सुरुमा विशेष अवसर प्राप्त हुनाले अध्ययनमा प्रगति हुनेछ। मिहिनेत गर्दा राम्रै उपलब्धि हातपार्न सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। कामको सफलताले थप ऊर्जा मिल्नेछ। प्रतिस्पर्धीहरू पछि हट्नाले अधिकार र प्रतिष्ठा स्वत: प्राप्त हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिनेछ। आतिथ्यपूर्ण सम्मान पाइनेछ। सप्ताहान्तमा वादविवादले काममा बाधा पुर्याउन सक्छ। झुटा आरोप वा परिस्थितिजन्य समस्या पनि आउन सक्छन्, व्यवहारमा सजग रहनुहोला।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रारम्भमा ईर्ष्या गर्नेहरू बढ्नेछन् भने काम गरेर पनि जस नपाइने परिस्थिति देखिन्छ। आँटेको काम रोकिन सक्छ। साेमवारदेखि स्थितिमा सुधार आउनाले धेरै समस्या समाधान हुनेछन्। अध्ययनमा प्रगति हुनेछ भने प्रभावशाली व्यक्तिहरू सहयाेगी बन्नेछन्। मिहिनेतले सफलताकाे उचाइमा पुर्याउनेछ। पराक्रम बढ्नेछ भने शक्तिशाली ठान्नेहरूलाई समेत प्रतिस्पर्धामा हराउन सकिनेछ। सप्ताहान्तमा व्यवसाय फस्टाउनेछ। सेयर तथा व्यापारमा मनग्य फाइदा हुनेछ। अतितिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताकाे बन्धन पनि कसिनेछ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
काममा पुरुषार्थ देखाएर दाम समाउने अवसर प्राप्त हुनेछ। दिगो काम शुभारम्भ हुन सक्छ। सोमवारदेखि पारिवारिक समस्याले सताउन सक्छ। साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। तापनि हिम्मतले काम लिनेहरूलाई फाइदै हुनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। राम्रो नतिजाका लागि विवेकले काम लिनुहोला। स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ। बोली–व्यवहारमा संयम रहँदै शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सप्ताहान्तमा काम सम्पादन गर्न सकिनेछ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पहिलाे दिन वादविवादमा परिने सम्भावना छ, संयम रहनुहाेला। सुरुमा आलोचकहरूले काममा बाधा पुर्याए पनि साेमवारदेखि स्थितिमा सुधार आउनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै सहयोगीहरूले साथ दिनेछन्। बिस्तारै आर्थिक स्रोत पनि सबल बन्नेछ। हिम्मत गर्दा भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। दीर्घकालीन योजना बनाउने समय छ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। शुक्रवारदेखि आफन्तहरूको सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। साइनो गाँस्नेहरूले अलि दु:ख दिनेछन्। आफ्ना योजना गोप्य राखी अघि बढ्नुहाेला।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रारम्भमा हतारको निर्णयले समस्या निम्त्याउन सक्छ। केही चुनौती देखिए पनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। आत्मसम्मानका लागि मौन रहनु बेस होला। मिहिनेतले गुमेको प्रतिष्ठा दिलाउनेछ। प्रतिष्ठित काम गर्ने मौका प्राप्त हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। साेमवार, मंगलवार र शनिवार भने विगतका कमजोरी बाहिर आउनाले मतभेद बढ्नुका साथै केही समस्यामा परिने सम्भावना छ। अर्थ अभावले पनि सताउनेछ। सप्ताहान्तमा पारिवारिक असमझदारी बढ्न सक्छ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाको यात्रा गर्ने अवसर जुट्नेछ। साेमवारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ कामको प्रस्तावआउन सक्छ। प्रतीक्षा गरिएको नतिजा सकारात्मक हुनेछ। तत्काल धेरै लाभ नभए पनि पछि फाइदा हुने कामको जिम्मेवारी पाइनेछ। बुधवारदेखि आलोचकहरूले दुःख दिनेछन्। आफ्नैले आत्मसम्मानमा चोट पुर्याउन सक्छन्। लाभ नहुने कामको जिम्मेवारी सम्हाल्नुपर्ला। सप्ताहान्तमा स्थितिमा सुधार आउनाले काम बन्नेछ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सुरुमा आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यापार–व्यवसायमा पनि फाइदै हुनेछ। साेमवारदेखि खर्चिलाे काम गर्नुपर्ने हुन सक्छ। पहिलेका सहयाेगीहरूले साथ दिन छाड्नेछन्। अरूको फाइदाका लागि उपयोग हुनुपर्ला। तापनि देश–विदेश घुम्ने अवसर जुट्न सक्छ। बुधवारदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। सप्ताहान्तमा आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। मिहिनेतले काम बन्नेछ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतिष्ठित काम गरेर स्थापित हुने समय छ। नोकरीमा पद प्राप्ति हुनेछ भने व्यवसायमा लाग्नेहरूको प्रगति हुनेछ। पदासीन व्यक्तिसँग निकटता बढ्नेछ। दिगो काम प्रारम्भ हुनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने मनग्य धन संग्रह हुनेछ। सञ्चित कर्मफल प्राप्त हुनेछ। बुधवारदेखि फजुल खर्च बढ्नाले ऋण–कर्जा समेत बढ्न सक्छ। समयमा होसियार नबन्दा काममा बाधा पुग्नेछ। लाभांश बाहिरिए पनि विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्न सक्छ। सप्ताहान्त फलदायी रहनेछ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पहिलेको कामले थप अवसर दिलाउन सक्छ। प्रयत्न गर्दा नोकरी प्राप्त हुनेछ। दिगो काम प्रारम्भ हुनेछ। व्यापारमा राम्रो लाभांश हातलागी हुनेछ। समुदायको हक हितको संरक्षण गर्दै नाम, दाम र इनाम हात पार्ने समय छ। आफन्त र साथीभाइबाट काममा सहयोग मिल्नेछ। पदासीन व्यक्तिसँग निकटता बढ्नेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने मनग्य धन संग्रह हुनेछ। पछिसम्म फाइदा हुने काम सुरु गर्ने अवसर प्राप्त हुनेछ। सप्ताहान्तमा यात्रा हुनेछ तर फजुल खर्च एवं ऋणभार बढ्न सक्छ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रारम्भमा अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। अर्थ अभाव देखिए पनि साथीभाइको सहयोगले समस्या टर्नेछ। केही विवादास्पद काममा जुट्नुपरे पनि साेमवार र मंगलवार विशेष अवसर प्राप्त हुनेछन्। सुखदुःखमा साथ दिनेहरू पनि फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। बुधवार र बिहीवार केही चुनौतीसँग जुध्नुपर्ला। आत्मविश्वासको कमीले काममा पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई विचार गरेर अघि बढ्नुहोला, सप्ताहान्त लाभदायी रहनेछ। व्यापारमा आम्दानी बढ्नेछ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
साताको प्रारम्भ रमाइलो रहनेछ। काम बन्नुका साथै व्यापार बढ्नेछ। मन मिल्ने साथी भेटिने र प्रेमको बन्धन कसिने सम्भावना देखिन्छ। तर साेमवारदेखि केही समस्या देखा पर्नेछन्। विरोधीहरू बढ्नाले चुनौती सामना गर्नुपर्ला। सहयोगीहरू कमै भेटिनेछन्। दुःखले काम बन्नेछ। नजिकका साथीभाइ टाढिनाले समस्या बढ्न सक्छ। स्वास्थ्यमा कमजोरी देखापर्नेछ। अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। तापनि, सप्ताहान्तमा स्थितिमा सुधार आउनाले काममा फाइदा हुनेछ। मिहिनेतले नाम, दाम र इनाम पनि दिलाउन सक्छ।