बाराको निजगढमा निजगढ उद्योग बाणिज्य संघले बिहिवार साझ आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको शोकमा दिप प्रज्वलन गरेको छ ।
निजगढ उद्योग बाणिज्य संघका पदाधिकारी र सदस्यहरुले हिजो साझ शहिद चोकमा भेला भएर आचार्यको निधनको शोकमा मौनबत्ति बालेका हुन । सो शोक कार्यक्रममा बोल्दै निजगढ उद्योग बाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले सरकारको गलत बैङ्किङ्ग नितिले व्यवसायीहरु आत्मादाह गर्न बाध्य भएको बताएकाछन । उहाँले बैङ्गको चर्को व्याजदर अझै कायम राखिए देशका धेरै व्यवसायीले आचार्यकै जस्तो नियति भोग्नुपर्ने अवस्था आउनसक्ने बताए ।
मंगलवार काठमाण्डौंको बानेश्वरमा आफैँलाई आगो लगाएका आचार्यको उपचारको क्रममा बुधवार बिहान ज्यान गएको थियो । शहिदचोकमा भएको सो कार्यक्रमको संचालन गौरीशंकार मा वि निजगढ ८का शिक्षक खडक श्रेष्ठले गर्नुभएको थियो ।