क्याम्पसको भवन निर्माण र जमिन खरिद गर्ने उद्देश्यले बाराको महागढीमाई नगरपालिकामा गढीमाई आजबाट धार्मिक महोत्सव तथा श्रीमद्भगवत सप्ताह सुरु हुने भएको छ ।
गढीमाई बहुमुखी क्याम्पस बरियारपुरको भवन निर्माण र २ बिघा जमिन खरिद गर्ने उद्देश्यले क्याम्पस व्यवस्थापन समितिले आजबाट धार्मिक महोत्सव तथा श्रीमद्भागवत सप्ताहा आयोजना गर्न लागेको हो । महोत्सवबाट करिब ५ करोडभन्दा बढी दान रकम संकलन हुने अपेक्षा गरिएको र सो रकमबाट कलेजको लागि २ बिघा जमिन खरिद र नयाँ भवन निर्माण गरिने महागढीमाई नगरपालिकका नगर प्रमुख उपेन्द्र यादवले बताउनुभयो ।
नगर प्रमुख यादवले आज बिहान ७ बजे महागढीमाई मंन्दिरको प्राङ्गणबाट निकालिने कलशयात्रका सहभागीले स्थानीय थलही नदीमा जल भरेर पुनः गढीमाई मन्दिरसंगै रहेको यज्ञस्थलमा आएर यज्ञ सुरु गरिने जानकारी दिनुभयो ।
धार्मिक महोत्सव तथा यज्ञको मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले उद्धाटन गर्ने कार्यक्रम रहेको छ ।
महोत्सव शुरुको दिन फागुन २ गते कलश यात्रा निकालिने कार्यक्रम रहेको नगर प्रमुख यादवले जानकारी दिए ।
बारा जिल्लाको प्रसिद्ध धार्मिक स्थल श्री गढीमाई मन्दिर नजिकै आयोजना हुन लागेको श्रीमद्भागवत सप्ताह एवं गढीमाई धार्मिक महोत्सवको फागुन २ गते बिहान ७ बजे महागढीमाई मन्दिरको प्राङ्गणबाट निकालिने कार्यक्रम तय भएको जानकारी दिए ।
मन्दिर प्राङ्गणबाट निकालिने कलश यात्रा भटीपुल, साहुटोल, गणेश चौक, मैनी टोल हँुदै थलही नदीबाट कलशमा जल भरि बरियारपुर चौक भन्सिया टोल, बरियारपुर बजार, गायत्री चौक, संसारी माई मंन्दिर हुँदै गढीमाई नजिक महोत्सव स्थलसम्म पुगि समापन हुने नगर प्रमुख यादवले जानकारी दिए ।
उनका अनुसार महोत्सवमा आकर्षणका लागि विभिन्न किसिमका मुर्ति, प्रबचन, झुला लगायत विभिन्न मनोरञ्जनात्मक बस्तुहरु आउने बताए ।
क्याम्पस भवन निर्माणको लागि आयोजना हुन लागेको धार्मिक महोत्सव उद्घाटन गर्न मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव आउने कार्यक्रम तय भएको यादवको भनाई छ ।
पत्रकार सम्मेलनमा श्री गढीमाई बहुमुखी क्याम्पसका अध्यक्ष बिजय स्वर्णकार, जितेन्द्र गुप्ता, कैलास मुखिया, महेश जयसवाल, बिरेन्द्र यादव, धबेन्द्र यादव लगायतको उपस्थित रहेको थियो ।