वीरगन्ज– आईसीसी क्रिकेट विश्वकप लिग-२ एकदिवसीय प्रतियोगितामा सहभागी वीरगन्जका दुईजना खेलाडीलाई वीरगन्ज महानगरपालिकाले मोटरसाइकल प्रदान गर्ने घोषणा गरेको छ ।
वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले ओपनिङ्ग ब्याट्सम्यान आसीफ शेख र अलराउण्डर आरीप शेखलाई महानगरको तर्फबाट यामाहा (एफजेड एफ१) मोटरसाइकल एक\एक थान प्रदान गर्ने घोषणा गरेका हुन् ।
मेयर सिंहले नेपाललाई विश्वकपको ग्लोबाल क्वालिफायरमा पुर्याई राष्ट्रको शिर उच्च बनाउन सफल राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडीहरुलाई हार्दिक बधाई तथा शुभकामना समेत व्यक्त गरेका छन् ।
‘विश्व मानचित्रमा नेपालको नाम जान्वल्य पार्ने यस प्रतियोगितमा वीरगन्जका खेलाडीहरु आसीफ र आरीपको महत्वपूर्ण योगदान हुनु वीरगन्ज महानगरपालिकाको लागि थप गौरवको विषय हो,’ वीरगन्जका मेयर राजेशमान सिंहद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रको गहनालाई सम्मान र प्रोत्साहन गर्नु सबै तहका सरकारको उत्तिकै दायित्व पनि हो ।’
खुसी र गौरवको यस क्ष्ँणमा आगामि दिनमा अझ राम्रो प्रदर्शनको अपेक्षा राख्दै वीरगन्जका दुबै खेलाडीलाई थप प्रोत्साहन र हौसला स्वरुप महानगरपालिकाको तर्फबाट एक-एक थान मोटरसाइकल प्रदान गर्ने घोषणा गरेका छौ“ ।