- प्रलाद तिमल्सिना
बारा । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडक खण्डमा पर्ने पसाहा , दुधौरा र बालगंंगा खोलाका पुल जीर्ण अवस्थामा छ ।
पूर्वपश्चिम राजमार्गका अधिकांश पुलहरु ५० वर्ष पुराना छन् । १५ करोड २३ लाख लागतमा पुल मर्मत निर्माण सुरु गरेको भएपनि काम तीब्र रुपमा हुन सकेको छैन । सम्झौता अवधि सकिएर म्याद थप गरिएको भए पनि कम्पनीले निर्माण कार्यमा उदासिनता देखाएको स्थानीयको आरोप छ ।
पथलैया–निजगढ सडक खण्डमा पर्ने दुधौरा खोलामा चार लेनको पक्की पुल निर्माण शुरु गरेको चार वर्ष पूरा भइसकेको छ । ३ वर्षमा निर्माण सम्पन्न हुनुपर्ने भएपनि काम सम्पन्न नभएपछि १ वर्ष म्याद थप गरिएको थियो ।
दुधौरा पुल समयमै निर्माण नहुँदा लामो समय यात्रु र सवारी चालकले सास्ती भोग्नु परेको छ भने पुलकै कारण दुर्घटनाको जोखिम रहेको यात्रुको गुनासो छ ।
तोकिएको समय पूरा भई एक बर्ष थप गर्रि पनि अहिलेसम्म ३० प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।
पुल नहुदा खोलामा गरिएको करिब एक किलोमिटर डाईभर्सनको कच्ची बाटोबाट सवारी साधन तथा यात्रु यात्रा गर्न बाध्य छन् ।
तोकिएको समयमा निर्माण नसकेको सो कम्पनीले थप गरिएको म्यादमा पनि उल्लेखनीय काम गर्न नसकेकोे अनुगमनमा खटिएका इन्जिनियरहरुले बताए ।
१५ करोड २३ लाख लागतमा पुल निर्माणको ठेक्का चार वर्षअघि महादेव खिम्ती हिराजन जेभीले कम्पनीले लिएको हो । ८९ मिटर लम्बाई रहेको यो पुल पाँच वर्षमा दुई पटक भाँसिएपछि चार लेनको बनाउन लागिएको छ । तीब्र रुपमा काम नहुँदा समयमै बाँकी अवधिमा काम सम्पन्न हुनेमा स्थानीयले आशंका ब्यक्त गरेका छन् ।
वर्षौदेखि निर्माण शुरु गरिए पनि ठेकेदार कम्पनीहरुको ढिलासुस्तीले गर्दा नागरिकले समस्या झेल्नु परेको बारा क्षेत्र नं १ (क)का प्रदेश सदस्य त्रिलोकी चौधरीले बताउँछन् । हिउँदमा धुलोले प्रदुषण हुनुका साथै वर्षातका बेला खाल्डा खुल्डीमा पानी जम्दा समस्या हुने गरेको छ । यस्ता पुल नबन्दा धेरै गारो भएको भनेर सम्बन्धित ठाँउमा कुरा उठाउदा समेत निर्माण कम्पनिले वेवास्था गरेको चौधरीले बताउनुहुन्छ । काठमाडौ सडक विभागमा पुगेरै पुल निर्माण कार्य ढिला भएको भनेर खबरदारी गरेको समेत बताए । जनताबाट चुनिएकाले कुरा उठाउदा पनि कारर्वाही नहुने र अटेरी गर्ने ठेकदार र कम्पनिलाई कसले कार्वाहि गर्ने ?
भिडियो पनि हेरौ