शुरुवाती अग्रता जोगाउँन नसक्दा टाइ व्रेकरमा ४–३ को कठिन जित निकाल्दै मकवानपुर ११ बाराको सिमरा रंगशालामा जारी जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।
मकवानपुर ११ ले बनाएको २–० को शुरुवाती अग्रता जोगाउँन नसक्दा खेल अतिरिक्त समय हुँदै टाई व्रेकरमा धकेलिएको हाे ।
निर्धारित समय २–२ को बराबरीमा सकिए पछि ३० मिनेंटको अतिरिक्त समयमा दुबै टिमले १–१ को बराबरी खेले ।
मकवानपुरको जितमा टाई व्रेकरमा संजिव अर्याल, मनिष पौडेल, सुजन गुरुङ र सुदिप श्रेष्ठले गोल गरे । भने मकवानपुरका अविनास खड्काको प्रहार भरतपुरका गोलर क्षकले बचाउ गरे । भरतपुरका लागि सजिन थापा, भिष्म क्षेत्री र सुनिल श्रेष्ठले गोल गरे ।
टिप्सन राईको प्रहार क्रसबार माथिबाट बाहिरीयो भने आकाश थापा मँगरको प्रहार गोल पोष्टमा ठाेक्किएर फर्कियाे ।
निर्धारित समयको खेलमा मकवानपुरले खेलको दशौं मिनेंट मैं २–० को अग्रता लिएको थियो । तर, त्यसलाई जोगाउँन नसक्दा खेल अतिरिक्त समय हुँदै टाई व्रेकरमा धकेलिएको थियो ।
मकवानपुरले खेलको चौथो मिनेंटमा सुजन गुरुङको गोलबाट अग्रता बनायो । भरतपुरका गोल रक्षकले आफ्ना खेलाडीलाई पास दिन खोजेको बल विट गर्दै करिब ३० यार्ड परबाट सुजनले गोल गरेका थिए ।
१–० ले पछि परेको भरतपुर विरुद्ध आक्रामक खेल खेलेको मकवानपुरले खेलको दशौं मिनेंटमा अग्रता दोब्बर पार्यो । मनिष पौडेलले करिब ४५ यार्ड परबाट गरेको प्रहार गोलमा परिणत हुँदा भरतपुरका गोल रक्षक मनोज गुरुङले अनुमान समेत गर्न सकेनन् ।
३३ औं मिनेंटमा भरतपुरका भिष्म क्षेत्रीले बराबरी गोल फर्काए । मकवानपुरका सञ्जिब अर्यालले फाउल गरे पछि पाएको फ्रिकिकमा सजिन थापाले करिब १९ यार्डबाट हानेको प्रहारलाई भिष्म क्षेत्रीले आकर्षक हेडिङ मार्फत गोलमा परिणत गरेका थिए ।
खेलको ५५ औं मिनेंटमा सजिन थापा मँगरले भरतपुरका लागि बराबरी गोल गरे । सुनील श्रेष्ठको पासमा सजिनले डिबक्स भित्रबाट सुन्दर गोल गरे ।
करिब पाँच हजार दर्शकको उपस्थिती रहेको सिमरा रङ्गशालामा पहिलो क्वाटर फाइनल रोमाञ्चक रह्यो । निर्धारित ९० मिनेंटको खेल बराबरी खेलेका दुबै टिमले अतिरिक्त समयको ३० मिनेंट जितका लागि कठिन संघर्ष गरे ।
अतिरिक्त समयको पाँचौ मिनेंटमा मकवानपुरले भरतपुरका सुधांश चौधरीको आत्मघाती गोलबाट ३–० को अग्रता बनाएको थियो । गोल लाईनबाट बल क्लिएर गर्ने क्रममा सुधांशको प्रयासले जाली चुमे पछि मकवानपुरका समर्थक उत्साहित बने ।
मकवानपुरको अग्रतालाई भरतपुरका सुनील श्रेष्ठले अतिरिक्त समयको १५ औं मिनेंटमा बराबरीमा ल्याए । सेन्टर लाईनबाट एकल प्रयासमा बल अघि बढाएका सुनीलले करिब ३० यार्ड परबाट बललाई गोल पोष्टको दिशा दिएका थिए ।
प्रतिष्पर्धात्मक खेलमा मकवानपुर ११ र भरतपुर फुटबल क्लबले थुप्रै आकर्षक अवसरहरु गुमाएका थिए । शुरुवाती दबाबलाई झेल्दै उत्कृष्ट प्रदर्शन गरेको भरतपुर प्रतियोगिताबाट बाहिरिए पनि घरेलु दर्शकको मन जित्न सफल भयो । प्रिक्वाटरमा आयोजकलाई पराजित गरेको भरतपुरको समर्थनमा अधिकांश स्थानीय दर्शक प्यारापिटबाट हुटिङ गरिरहेका थिए ।