बाराको निजगढ नगरपालिकामा हिजो ६६औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा कार्यालयले निजगढमा प्रभावफेरि र विचार गोष्ठिको आयोजना गरेको छ ।
निजगढ नगरपालिका कार्यालयबाट सुरु भएको प्रभातफेरि पूर्वपश्चिम राजमार्ग हुदै बुद्धचोकमा पुगेर विचार गोष्ठीमा परिणत भएको थियो । कार्यक्रममा बोल्दै निजगढ नगरप्रमुख सुरथ पुरीले सहकारी क्षेत्र देशको तिनखम्बे अर्थतन्त्र नीतिको एउटा खम्बा भएको बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख सोममाया थिड.,प्रमुख प्रशासकिय अधिकृत राजमणी निरौला, विभिन्न वडाका वडा अध्यक्षहरु नगरपालिकाका सहकारी अधिकृत अजय उप्रेती, सूचना अधिकृत रविन घिमिरे, निजगढ सहकारी सञ्जालका अध्यक्ष भोला प्रसाद गौतम, मानव कल्याण आश्रमकी सुमित्रा चौलागाई.लगायतले सहकारी आन्दोलनको बारेमा बोल्नुभएको थियो । कार्यक्रमको संचालन कार्यालयका स्वास्थ्य शाखा उपप्रमुख मणिश्वर घिमिरेले गर्नुभएको थियो ।
नगरपालिकाले सहकारीको दिगोपन, स्वनियम र सुशासन भन्ने मुल नाराका साथ ६६ औँ राष्ट्रिय सहकारी दिवस मनाइएको हो ।