बारा क्षेत्र नं २ को पछिल्लो प्रारम्भिक मत परिणाम बाहिरिएको छ । सोमबार दिउसो २ बजेको मत अपडेट अनुसार जसपाका उपेन्द्र यादवले १५हजार १ सय ८३ मत प्राप्त गरेका छन् । तेस्तै सिके राउत नेतृत्वको जनमतका शिवचन्द्र कुशवाहले १०हजार ३ सय ७० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५हजार २७ मत प्राप्त गरेका छन् ।
तेस्तै रवि लामिछाने नेतृत्वको रास्वपाका रमेश खरेलले भने २ हजार ५९ मत ल्याएका छन् ।
यस क्षेत्रमा १ लाख ५ हजार २ सय ४८ जना मतदाता रहेका थिए ।
उक्त मतदाताबाट ६८ हजार आठ सय ८७ मत खसेको र शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिएका छन् । ५ वटा पालिकामा ८२ वटा मतदान स्थल र १३७ वटा मतदान केन्द्र तोकिएको थियो ।
अहिले केहि प्रतिकृया दिदिन
कलैया उपमहानगरपालिकास्थित गंगापुरमा रहेको मतगणना स्थलमा आएका उपेन्द्र यादवले संचारकर्मीसंग छोटो प्रतिक्रिया दिदै प्रारम्भिक परिणाम राम्रो आएको र केहि समय पछि मात्रै प्रतिक्रिया दिने बताए ।
‘हाल मत गणना कार्य भईरहेको छ हुनाले आफुले केहि प्रतिक्रिया दिन नसक्ने यादवले बताए । उनले भने ‘प्रारम्भिक नतिजा राम्रो आएको छ । तेसैले पछि मात्र राम्रोसंग प्रतिक्रिया दिनेछु । ’
उनले भने आफू चुनाव जित्नेमा विश्वस्त रहेको रहेको बताएका छन । यादवले भने ‘चुनाव जित्ने विश्वस्त नभई त चुनाव नै लडिदैन् नि, त्यसमाथी बाराका जनताले आफुलाई माया गरेको बताए ’ ।