प्रलाद तिमल्सिना, बारा
बाराको निजगढ नगरपालिकाले बस्ती जोगाउन बकैया खोलालाई च्यानलाइज कार्य गरेको छ । नगरले विपत् व्यवस्थापन समितिबाट निर्णय गराएर बस्ती जोगाउन खोला च्यानालाइज गरेको हो ।
चुरे क्षेत्रसँग जोडिएको वडा नं४ स्थित बागदेव, मोहरी भएर बग्ने बकैया खोलाको माथिल्लो तटीय क्षेत्रको भूभाग साँगुरो हुँदा हरेक वर्ष बाढीले सो क्षेत्रमा कटान गर्दै आएको छ । जसले गर्दा बस्ती छेउमा मानिषहरुमा बर्षायाममा सधै डर हुने गर्दछ । माथिल्लो क्षेत्रमा हुने कटानका कारण तल्लो क्षेत्रका वन जंगल र बस्तीमा बाढी पस्ने समस्या समाधानका लागि नगरपालिकाले विपत् व्यवस्थापन समितिको सहयोगमा खोला च्यानलाइज गरिएको हो । हरेक बर्ष बाढीले सो क्षेत्रमा कटान गर्दै आएको र खोलाको दणिण भाग उच्च भएको र बस्तिको क्षेत्र होचो भएकाले सो कार्य गरेको बताउनुहुन्छ नगरपालिकाका सहायक ईन्जिनियर नबिन खनाल । उनले वर्षा याममा खोलाले धार परिवर्तन गरी बस्तीतर्फ बाढी पस्ने जोखिम देखिएकाले प्राविधिक अध्ययन प्रतिवेदनका आधारमा २ स्थानबाट च्यानलाइज गर्न व्यवस्थापन समितिबाट अनुमति पाएकले च्यानलाइज गरेको बताए ।
निजगढ नगरपालिकाले खोला च्यानालाइज गर्दा तटबन्ध गरेर बाँकी रहेको नदीजन्य पदार्थ काठमाडौँ÷तराई मधेस द्रुतमार्ग आयोजनालाई बिक्री गरेको छ, जस्बाट नगरलाई ठुलो आर्थिक फाइदा समेत भएकोछ । नगरपालिकाले प्रतिघनफिट भ्याटबाहेक ४ रुपैयाँ ५० पैसामा आयोजनालाई बिक्री गरेको हो । वर्षेनी १४ देखि १६ करोडमा खोलाजन्य पदार्थको बन्दोबस्ती ठेक्का लगाउँदै आएको निजगढले यस वर्ष खोलाको ठेक्का लाग्न नसकेपछि जेठ दोस्रो साता देखि च्यानलाइज सुरु गरेको हो । निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीका अनुसार नदीजन्य पदार्थ उत्खनन नगर्दा बस्ती र वन दुवैतिर क्षति हुने अवस्था देखिएको ठाउँहरुमा जिल्ला अनुगमन समिति र विपत् व्यवस्थापन समितिको अनुगमनपछि स्थानीय विपत् व्यवस्थापन समितिको बैठकबाट निर्णय गरेर च्यानलाइज सुरु गरिएको हो ।
वैधानिक रुपमा खोलाको ठेक्का लाग्न नसकेपछि समस्या भएका केही ठाउँहरुबाट नदीजन्य पदार्थ निकालिएको नगरप्रमुख पुरीले बताए ।
नगरपालिकाले वैशाख १९ गते ४ ठाउँबाट नदीजन्य पदार्थ निकाल्ने निर्णय गरे पनि जिल्ला विपत् व्यवस्थापन समितिले वैशाख २८ गते बैठक बसेर तत्कालका लागि २ ठाउँमा मात्रै अनुमति दिएको थियो । समितिको निर्णयपछि च्यानलाइज गरेर बाँकी रहेको नदीजन्य पदार्थ राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई÷मधेस द्रुतमार्गलाई बिक्री गर्ने निर्णय गरेको नगरप्रमुख पुरीले भने ।
बकैया खोला च्यानलाइजको काममा द्रुतमार्ग आयोजना निर्माणको जिम्मा पाएको नेपाली सेना र चिनियाँ ठेक्का कम्पनीको ४ वटा एक्साभेटर र १० वटा टिपर प्रयोग गरिएको छ । नगरप्रमुख पुरीले भने, ‘हामीले नदीजन्य पदार्थ निकालेर बेच्ने उद्देश्य भन्दा पनि विपत्बाट जोगिने उद्देश्यले च्यानालाइज गरेका हौं र नदि च्यानालाइज गर्न निजगढ नगपालिकाको आग्रहमा काठमाडौँ–तराई/मधेस द्रुतमार्ग बनाउने चिनियाँ कम्पनले बिना पैसामा सहयोग गरेको बताउनु भयो ।
उहाँले भन्नु भयो यता बस्ती जोगाउनको लागी च्यानालाइज गर्दा नगरको १ रुपैया पनि पैसा नपरेको र नदीजन्य पदार्थ निकाल्ने जिम्मा पाएको चिनियाँ ठेक्का कम्पनीले राजश्व पनि बुझाएको छ ।