बाराको निजगढ २ सिङगौलकी एक १३ वर्षीया किशोरी माथी यौन दुव्र्यवहारको आरोप लागेका स्थानीय मनोज राईलाई प्रहरीले पक्राउ गरेकोछ ।
गत असार २५ गते राईले १३ वर्षीया बालिकालाई यौन दुर्व्ययहार गरेको आरोप छ । पसलमा सामान किन्न गएकी बालिकामाथि यौन दुव्र्यवहार गरेको भन्दै राई विरुद्ध उजुरी परेपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले राई विरुद्ध अदालतबाट आदेश लिएर पक्राउ पुर्जी जारी गरिएको बताउनुभएको छ ।
पीडितका आफन्तले सोमवार यौन दुव्र्यवहार गरेको भन्दै राई विरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले प्रादेशिक अस्पताल कलैया लगेर बालिकाको शारीरिक परीक्षण समेत गरेको छ । पसलमा सामान किन्न पुगेकी बालिकालाई राईले यौन दुव्र्यवहार र अश्लिल हर्कत गरेको जाहेरीमा उल्लेख गरिएको छ । आरोपी राई भने फरार बनेको र केहि दिन लुकीछिपी बसेपछि उनि स्वयम प्रहरीमा आएर आत्म समर्पण गरेका थिए । घटनामाथि थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय निजगढले बताएको छ ।
सोही वडाका वडा अध्यक्ष राजन श्रेष्ठ पनि स्थानीय किशोरी माथि यौन दुव्र्यवहार गरेको आरोपमा पुर्पपक्षको लागि एक वर्षदेखि वीरगन्ज कारागारमा छन ।