- प्रलाद तिमल्सिना
बारा । समाजमा शान्ति सुरक्षा एवम् अमन चयन राख्नु नेपाल प्रहरीको प्रमुख कर्तव्य हो । राष्ट्रियता, विधिको शासन र शान्ति सुरक्षा स्थापनार्थ काम गर्नुपर्ने प्रहरीले सांगठनिक मर्यादा भुल्दा बारामा प्रहरी कार्यालयभित्रै नागरिकमाथि निर्घात कुटपिट भएको छ ।
प्रहरी कार्यालयमा सवारी दुर्घटनाको विषयमा पीडितका आफन्त र पीडकबीचको छलफल सहजीकरणमा पुगेका कांग्रेस बाराका सचिव भैयाराम यादव प्रहरी कार्यालयमै प्रहरीबाट कुटिएका हुन् ।
तीन साताअघि भएको सवारी दुर्घटनाको विषयमा पीडितका आफन्त र पीडकबीच भइरहेको छलफल सहजीकरणका लागि जिल्ला प्रहरी कार्यालय पुगेका कांग्रेस बाराका सचिव भैयाराम यादव प्रहरी कार्यालयमै प्रहरीबाट कुटिएका छन् ।
डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेको आदेशमा इन्स्पेक्टर रुपेश साहलगायतले आफूलाई कुटपिट गरेको यादवले बताए ।
कुटाइले उनको बायाँ आँखा, कान, तिघ्रा, खुट्टा र ढाडमा गहिरो चोट लागेको छ ।
विरगंजस्थित स्मृति अस्पतालमा यादवको उपचार भईरहेको छ । यता प्रहरीले कुटेपछि जिल्लाको सदरमुकाम कलैयामा प्रहरीबाटै अशुरक्षित भन्दै दैनिक प्रदर्शन भईहरको छ ।
प्रदर्शनको क्रममा उनीहरुले डिएसपि पाण्डे र इन्स्पेक्टरलाई निलम्बन गरि कार्वाही गर्नु पर्ने आवाज उठेको छ ।
बाराका प्रहरी परीक्षक होवेन्द्र बोगटीले प्रहरीबाट आवेशमा कुटपिट भएको स्वीकार गरेका छन् ।
शान्ति सुरक्षा कायम गर्नुपर्ने प्रहरी नै जनतामाथि निर्घात कुटपीटमा उत्रिएपछि भने यो विषयमा अनेक टिकाटिप्पणी हुन थालेको छ ।
मुस्कानसहितको सेवा दिने उद्घोट गरेको प्रहरी नै किन नागरिकमाथि जाइलाग्छ ? यो गम्भीर प्रश्न बन्न पुगेको छ । प्रहरीले जे गर्दा पनि हुने हो ?