निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले नेपाल टेलिकमको टावरले निजगढका केहि वडाहरुमा राम्रो सँग काम नगरेकाले छिटो सुचारु गर्नुपर्ने बताउनु भएको छ ।
बाराको जितपुर-सिमरामा आयोजित नेपाल टेलिकमको सेवा सम्बन्धी जानकारी एवं अन्तरक्रिया कार्यक्रममा नगर प्रमुखले दोस्रो अन्तराष्ट्रिय प्रस्तावित विमानस्थलको छेउ, काठमाडौ-निजगढ फास्ट ट्रर्याकको मुख, स्मार्ट सिटी घोषित निजगढ भएपनि निजगढका वडाहरुमा नेपाल टेलिकमको मात्र नभइ अन्यको टावर नटिप्ने समस्या भएकाले यथासिघ्र समाधान हुनु पर्ने बताएकाछन ।
करिब ३ बर्ष अघि वडा नं १०मा टावर राख्न जग्गाको सम्झौता हुदा समेत हाल सम्म सो टावर नबन्दा जनतामा टेलिफोनको समस्या रहेको बताउनुभएको छ । निजगढ नगरपालिकामा टेलिकमको टावर भएता पनि राम्रो सँग काम नगर्ने भएकाले जनतामा समस्या परेकाले गणस्तरिय सेवा नेपाल टेलिकमले दिनुपर्ने बताएका छन । हाल सम्म टेलिकमको फाइबर नेट सेवा पनि निजगढ वडा नं ७,८र ९मा मात्र भएकाले फाईवर र ल्यान्डलाईन फोन निजगढका हरेक वडामा पनि गुणस्तरिय सेवा छिटो सुचारु हुनुपर्ने बताएका छन ।
अन्तरक्रिया कार्यक्रमको प्रमुख आतिथिममा नेपाल सरकारका सञ्चार तथा सुचना प्रविधि मन्त्री एवम सरकारका प्रवक्ता रेखा शर्मा रहनुभएको थियो । कार्यक्रममा मन्त्रालयका निमित्त सचिब एवम नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष बाबुराम भण्डारी,नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल,नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय मधेश प्रदेशका निर्देशक अमुल प्रधान, उप–प्रबन्ध नवल चौधरी, समिर बहादुर श्रेष्ठ उप–प्रबन्धक निरञ्जन घिमिरे,बारा क्षेत्र नं ३का प्रतिनिधि सभा सदस्य ज्वाला साह,बारा क्षेत्र नं ४का प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो । अन्तरक्रिया कार्यक्रममा मधेस प्रदेश सभा सदस्य माला लामाले निजगढमा नेपाल टेलिकमले आफ्नो सेवा स्तर उन्नति गर्नुपर्ने बताउनु भएको थियो ।