निजगढ नगरपालिका वडा नम्बर ८ की मृगौला पीडित अन्जली माझीको उपचारको लागि निजगढको साथी सहकार्य युवा क्लबले ५० हजार ५ सय रुपैया सहयोग गरेको छ ।
अन्जलीको उपचार खर्च जुटाउन निजगढका विभिन्न स्थानमा संचालन गरिएको सांस्कृतिक प्रस्तुतिमार्फत प्राप्त भएको रकम क्लबका अध्यक्ष विपुल लामाले अन्जलीकी आमा शर्मिला कुश्वारलाई हस्तान्तरण गर्नुभएको हो । क्लबका अध्यक्ष लामा नेतृत्वको टोलीले अस्पतालमा पुगेर सो रकम हस्तान्तरण गरेको हो ।
क्लबले सामाजिक संजाल र सांगीतिक कार्यक्रममार्फत अन्जलीको उपचार सहयोगार्थ आर्थिक सहयोग संकलन अभियानलाई निरन्तरता दिने अध्यक्ष लामाले बताउनुभयो । अन्जलीको काठमाडौंस्थित वीर अस्पतालमा उपचार भइरहेको छ ।