भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासि ब्यवस्थापन सहजीकरण समिति निजगढ हिजो शुक्रबार बसेको बैठकले राष्ट्रिय भूमि आयोगको कामलाई तीव्रता दिने निर्णय गरेको छ ।
सहजीकरण समितिका संयोजक तथा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको अध्यक्षता भएको बैठकले प्रकृया पूरा भएका फारमहरु आयोगमा पठाउने र छिटोभन्दा छिटो लालपुर्जा बनाएर वितरण गर्न भुमि आयोग समक्ष लेखी पठाउने निर्णय गरेको छ । त्यसैगरी प्रकृया पूरा नभएकाहरुको हकमा वडा तथा नगरपालिकाले गर्नुपर्ने कामलाई तिब्रताको साथमा अगाडि बढाउने र नापी नभएका स्थानमा थप प्राबिधिक जनशक्ती परिचालन गर्दै नापिको कामलाई यथाशिघ्र अगाडि बढाउन आयोग समक्ष लेखी पठाउने निर्णय समेत भएको छ ।
बैठकमा नेकपा एमालेको तर्फबाट भोलाप्रसाद गौतम, नेपाली कांग्रेशका आशिष तामाङ, माओवादी केन्द्रका सन्जिव लोप्चन, राप्रपाका खड्कप्रसाद उप्रेती, नेकपा एसका भिमप्रसाद सापकोटा, कार्यपालिका सदस्य मध्येबाट शर्मिला बि. क, फुलमाया लामा, भुमिआयोग बाराका अध्यक्ष छविलाल उप्रेती, बिज्ञ सदस्य केदारप्रसाद गौतम लगायत आमन्त्रित सदस्यको रुपमा वडा अध्यक्षहरुको सहभागिता रहेको थियो । बैठकमा नगर प्रमुख पुरीले निजगढ नगरपालिकाले नियमित तवरबाट काम गरिरहेको जानकारी दिनुभएको थियो ।
वडा अध्यक्षहरुले अनुसुची फारम भर्दा आईपरेको समस्या तथा अप्ठ्याराहरु बारे आयोगले सहयोग र समन्वय गर्नुपर्ने बताएका थिए ।