बाराको निजगढमा भयानक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल ग्यारेजमा काम गर्ने मिस्त्री २० वर्षीय दिनेश चौधरी रहेका छन् ।
निजगढ बुद्दचोक छेउ लच्का नजिकको श्री बाबा एनकेडी ग्यारेजबाट मर्मत गरेर जाँचका लागि निस्किएको ना६३प ८४४७ नम्बरको मोटरसाइकललाई नारायणगढबाट धरानतर्फ जाँदै गरेको प्र.१-०२-००१ ख ९७९३ नम्बरको बसले ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक चौधरीको घटनास्थलमै मृत्युु भएको हो । उनि कोल्हबी नगरपालिका ३ जुगवा निवाशि हुन ।
बसले ठक्कर दिएपछी चौधरीले चलाएको मोटरसाइकल ना३स ९२३७ नम्बरको इरिक्सामा ठोक्किन पुगेको थियो । मोटरसाइकलले ठक्कर दिएपछी अनियन्त्रित भएको उक्त इरिक्सा प्र २-०३-००१ ह १०६६ नम्बरको अटोसंग ठोक्किएको थियो।
रिक्साको ठक्करबाट अटो चालक निजगढ १२ लालका २४ वर्षीय सुकराम बोम्जन, अटोमा सवार सोही ठाँउका २२ वर्षीय सानतेन लामा र जीतपुरसिमरा १६ का २१ वर्षीय कुलबहादुर थिङ घाइते भएका छन् । घाइतेमध्ये लामालाई निजगढबाट थप उपचारका लागि वीरगन्ज लगिएको प्रहरीले जनाएको छ ।
प्रहरीले बस र बस चालक सिरहा १२ का अजय ठाकुरलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले प्रेसचित्रलाई जानकारी दिनुभयो ।