संघीय सरकारले ल्याउन लागेको निजामती ऐनका विरुद्धमा विभिन्न माग राख्दै निजगढ सहित देश भरिका नगरपालिकामा कार्यरत कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन ।
कर्मचारीहरुले कार्यालयको कामकाज ठप्प पारेर हिजो नगरपालिका कार्यालयको मुख्य गेटमा धर्नामा दिएका थिए । कर्मचारीहरुले पेन डाउन गरी नगरको सवै काम ठप्प पारेपछि सेवाग्रही मार्कामा परेका छन । केही दिनदेखि हातमा कालोपट्टी बाँधेर काम गर्दै आएका कर्मचारीहरुले हिजोबाट कार्यालयको सबै काम ठप्प पारेका हुन ।
स्थानीय तह कर्मचारी संघर्ष समिति निजगढका संयोजक नविन खनालले सरकारले आफ्ूहरुको मागमा सुनुवाइ नगरेकाले बाध्य भएर कामकाज ठप्प पार्नुपरेको बताउनुभयो । उहाँले माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने पनि बताउनुभएको छ । त्यसैगरी जीतपुुरसिमरा उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरु पनि आन्दोलनमा उत्रिएका छन । कार्यलयका इन्जिनियर संजिव रुपाखेतीले कार्यालयको सवै शाखाबाट सेवाग्राहीका कामकाज बन्द गरी कर्मचारी आन्दोलमा रहेको जानकारी दिनुभयो ।
बारा जिल्लाका अन्य पालिकामा पनि कर्मचारी आन्दोलनमा छन । तर कलैया, कोल्हबी नगरपालिका लगायत केही पालिकामा भने सेवा सुचारु छ । संघीय निजामती ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने तथा स्थानीय तहका कर्मचारीलाई निजामतिको परिभाषाभित्र समेट्नुपर्ने लगायतका माग राखेर देशैभरका स्थानीय तहमा कार्यरत कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।
यसरी आन्दोलन भईरहदा कतिपय सेवा ग्राहीहरुले कर्मचारीको कारणले आफुहरु मारमा परेको बताएका छन ।