बाराको निजगढ नगरपालिकाले जाजारकोट भुकम्पबाट प्रभावित नागरिकहरुलाई ५ लाख रुपैया सहयोग गर्ने घोषणा गरेको छ ।
नगर कार्यपालिकाको निर्णय बमोजिम निजगढ नगरपालिकाको आर्थिक वर्ष २०८०-२०८१ को स्वीकृत बार्षिक योजना तथा कार्यक्रममा रहेको विपद व्यवस्थापन शीर्षकमा विनियोजित रकमबाट पाँच लाख सहयोग रकम उपलब्ध गराउने भएको हो । नगर प्रमुख सुरथ पुरीले हस्तारक्षर गरेर हिजो निकालेको शोक वक्तव्यमा २०८० कार्तिक १७ गते राति ११ः४७ मा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भई गएको ६.४ म्याग्निच्युटको भुकम्पमा परी नलगाढ नगरपालिका, जाजरकोटका उपप्रमुख सरिता सिंह सहित ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ ।
वक्तव्यमा शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै उक्त भुकम्पमा परी घाईते भएका व्यक्तिहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ । नगरपालिकाले भुकम्पबाट प्रभावित नागरिकहरुलाई तत्काल राहतको व्यवस्थापन तथा घाईतेहरुको निःशुल्क उपचारको प्रबन्ध मिलाउनका लागि नेपाल सरकार समक्ष माग वक्तव्यमार्फत माग गरेको छ ।
नगरपालिकाले भुकम्प पिडितहरुलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुहुन समेत नगर प्रमुख पुरीले सम्पूर्णमा हार्दिक अनुरोध समेत गर्नुभएको छ ।