बाराको निजगढमा बसोवास गर्ने चेपाङ समुदायहरुका लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न शनिवार सम्पन्न भएको छ । निजगढ नगरपालिका स्थित १३ नं वडामा बसोवास गर्ने चेपाङ समुदायहरुका लागि सो तालिम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा निजगढ नगरपालिकाकी उप-प्रमुख सोममाया थिङले यस्ता कार्यक्रमले यस समुदायमा थप वल पुग्ने बताएकी छिन ।
राष्ट्र निर्माण मन्च नेपालले आयोजन गरेको कार्यक्रमको अध्यक्षता वडा नं १३का अध्यक्ष सुर्य घलानले गर्नुभएको थियो भने विशष्ठ अतिथिमा जिल्ला समन्व्य समिति बाराको उपप्रमुख चण्डिका उप्रेती हुनुहुन्थ्यो ।
कार्यक्रम २ दिने रहने र यस समुदायका ३८ विद्यार्थीहरुलाई स्टेसनरी सामानहरु पनि वितरण गरिएको राष्ट्र निर्माण मञ्चका अध्यक्ष निर्मल उप्रेतीले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन राष्ट्र निर्माण मञ्च मधेष प्रदेश संयोजक प्रविन उप्रेतीले गर्नुभएको थियो भने कार्यक्रम निजगढ नगरपालिका वडा नं १३ मै भएको थियो ।