बाराको निजगढमा प्रहरीव्दारा १५ कठ्ठा जमिनमा लगाइएको गाँजा फडानी गरेको छ ।
इलाका प्रहरी कार्यालय निजगढले निजगढ नगरपालिकाको रतनपुर क्षेत्रमा १५ कठ्ठामा लगाइएको प्रतिबन्धित लागुऔषध गाँजा फडानी गरेको छ । इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा गएको टोलीले निजगगढ नगरपालिका वडा नम्बर ११ को रतनपुरमा लुकिछिपी लगाएको १५ कठ्ठा क्षेत्रको गाँजा फडानी गरेको हो ।
प्रहरी निरीक्षक श्रेष्ठले १५ कठ्ठा क्षेत्रमा लगाइएको गाँजाको अन्दाजी १८ हजार बोट फडानी गरी जलाएर नष्टं गरिएको जानकारी दिनुभयो । प्रहरीले गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गर्ने कार्य भइरहेको र उनीहरुमाथि कानुन बमोजिम कारबाही गरिने जानकारी गराएको छ ।
पछिलो केहि दिन अघि पनि ईलाका प्रहरी निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा गएको टोलीले रतनपुर भुभागमा लागुऔषध गाँजा फडानी गरेको थियो ।