बारा प्रहरीले एक सय २ ग्राम लागु औषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको सुवर्ण गाउँपालिका वडा नम्बर ७ सनफुला बस्ने ४१ वर्षका उमेशकुमार यादवलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय बारा र लागुऔषध ब्युरो पर्सा शाखाबाट खटिएको प्रहरी टोलीले जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर १ बरियारपुरबाट शनिवार अपराहन्न १२ बजे यादवलाई ब्राउन सुगरसहिन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
विशेष सुराकीको आधारमा खटिएको प्रहरीले बरियारपुरमा चेकजाँच गर्ने क्रममा बा ९४ प ६११४ नम्बरको मोटरसाईल चढी आएका यादवलाई शरीरमा लुकाएर ल्याएको लागु औधष सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । बरामद भएको लागु औषधको करिब ८ लाख १६ हजार मुल्य पर्ने जनाइएको छ । पक्राउ परेका यादव विरुद्ध लागु औषध मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिनुभयो ।