बाराको निजगढ नगरपालिकामा एकजना नक्कली नोट सहित पक्राउ परेका छन्।
निजगढ ९ स्थित बजारमा नक्कली नोट दिई सामान खरिद गर्दै गरेको अवस्थामा बारागढी गाउँपालिका–२ दौरवा बस्ने ३४ वर्षीय दीपेन्द्र माझी नक्कली नेपाली नोटसहित निजगढबाट पक्राउ परेका हुन्।
पक्राउ परेकाको साथबाट नक्कली नेपाली १ हजार दरको गरि जम्मा २ हजार बरामद भएको प्रहरी बताँउछ।
पक्राउ परेका माझीलाई मुद्रा सम्बन्धि कसुरमा मुद्दा दर्ता गराएर बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम न्यौपानेले बताउनुभयो ।